जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति !

October 19, 2006

इतिहासमै पहिलोपटक गरिएको सोधपुछमा नेपालकाराजा ज्ञानेन्द्रद्वारा उच्चस्तरीय आयोगलाई बयान दिएनन्

१९अक्टोबर२००६(एजेन्सीहरु)-
नेपालको इतिहासमै पहिलोपटक राजामाथि गरिएको सार्वजनिक सोधपुछको जवाफ पर्खिरहेको उच्चस्तरीय आयोगले जनआन्दोलनमा भएको भनिएको ज्यादतिका सम्वन्धमा राजालाई गरिएको प्रश्नको जवाफ नआएको जनाएको नेपाली सञ्चार माध्यमहरुमा जनाइएको छ।
यसका साथै नेपाली सञ्चार माध्यमहरुमा जनाइए अनुसार,राजा ज्ञानेन्द्रले जनआन्दोलनमा भएको भनिएको दमनको छानविन गरिरहेको उच्चस्तरीय आयोगमा लिखित बयान दिने अपेक्षा गरिएको समय बुधबार गु‌ज्रिएको छ। साथै दर्जनौ ब्यक्तिहरूलाई आफ्नै कार्यालयमा बोलाएर बयान लिएको आयोगले राजा ज्ञानेन्द्रलाई भने राजदरबारमै लिखित प्रश्न पठाएको थियो। आयोगले एक हप्ताभित्र राजाबाट जवाफ पाउने आशा गरेको बताएको थियो। परम्परागतरुपमा कानून भन्दा माथि रहेका राजालाई सार्वजनिक आयोगले सोधपुछ गरेको नेपालको इतिहासमै यो पहिलो घटना हो। त्यसैगरी आयोगले जनआन्दोलनमा भएको भनिएको दमनको पृष्ठभूमि उल्लेख गर्दै त्यसमा तत्कालीन मन्त्रीपरिषदका अध्यक्षका हैसियतले उनको जिम्मेवारी हुन्छ कि हुँदैन भनेर राजा ज्ञानेन्द्रलाई लिखित प्रश्न सोधेको समाचारहरुमा उल्लेख छ । (more…)

October 16, 2006

शिखर वार्ता अनिश्चित, माओबादीद्वारा संचारकर्मिमाथी दुर्ब्यबहार

३० असोज २०६३
नेपालमा सातदलीय गठबन्धन सरकार र सरकार विरोधी सशस्त्र समूह माओवादी विद्रोहीहरूबीच गएको हप्तादेखि शुरू भएको वार्ताको क्रममा आइतबारको वैठक राजतन्त्र र हतियार ब्यवस्थापन जस्ता मूलभूत मुद्दाहरूमा सहमतिमा पुग्न नसकेपछि अचानक टुंगिएको नेपाली सञ्चार माध्यमहरुमा जनाइएको छ।

यसका साथै नेपाली सञ्चार माध्यमहरुमा जनाइए अनुसार,सरकार र विद्रोहीबीच गएको हप्तादेखि शुरू भएको दोश्रो शिखर वार्ता आइतबार चौथो दिनको बैठकपछि विना कुनै निष्कर्ष स्थगित हुन पुगेको छ। प्रधानमन्त्री निवास वालुवाटारमा चर्का नाराबाजीका बीच शुरू भएको बैठक मूलभूत मुद्दाहरूमा सहमतिमा पुग्न नसकेपछि अचानक टुंगिएको वार्ताकारहरूले बताएका छन्। त्यस क्रममा गत बिहिबारको बैठकपछि आइतबारको शीर्ष वार्तालाई निर्णायक बनाउन भनी दल तथा माओवादी विद्रोहीबीच विभिन्न तहमा थुप्रै परामर्शहरू भएका थिए। साथै ती परामर्शहरू मुख्य मुद्दाहरुमा केन्द्रीत रहेका र तिनले आइतबारको वार्ता सफल बनाउन सहयोग पु-याउने विश्वास दुवै पक्षका नेताहरूले व्यक्त गरेका थिए। तर आइतबारको बैठकले पहिलेदेखि नै विवादीत रहेका विषयहरूमाथि सहमति कायम गर्न नसकेको विद्रोही नेताहरूले जनाएका समाचारहरुमा उल्लेख छ । (more…)

October 15, 2006

वार्ताबारे विभिन्न टिप्पणि भइरहँदा राष्ट्रसंघीय प्रतिनिधिद्बारा वार्ता सफल हुनेमा विश्वस्त

१४अक्टोबर२००६(एजेन्सीहरु)-
नेपालमा सरकार र माओवादीबीच भईरहेको वार्ताबारे विभिन्न टिप्पणि भइरहँदा राष्ट्रसंघीय महासचिवका व्यक्तिगत प्रतिनिधि इयन मार्टीनले सो वार्ता अन्तर्राष्ट्रिय मापदण्डको तुलनामा निकै छिटो अगाडि वढीरहेको बताएका नेपाली सञ्चार माध्यमहरुमा जनाइएको छ।

यसका साथै नेपाली सञ्चार माध्यमहरुमा जनाइए अनुसार,शान्ति प्रक्रियामा सघाउन राष्ट्रसंघीय महासचिव कोफी आननको व्यक्तिगत प्रतिनिधिका रूपमा खटाइएका मार्टीनले शान्ति वार्ताको सफलताप्रति विश्वास व्यक्त गरेका छन्। काठमाडौंमा शुक्रबार आयोजित एउटा पत्रकार सम्मेलनमा बोल्दै उनले सो वार्ता अन्तर्राष्ट्रिय मापदण्डको तुलनामा निकै छिटो अगाडि वढेको जनाए। प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला लगायत सत्ताधारी सात दलका नेताहरू एवं माओवादी अध्यक्ष प्रचण्डसँग निकट सम्पर्कमा रहेका मार्टीनले नेपालमा जार‌ी रहेको जस्तो वार्तावाट तुरून्तै परिणामको आशा गर्नु व्यवहारिक नहुने बताएका प्राप्त समाचारहरुमा जनाइएको छ। (more…)

October 13, 2006

सरकार र सशस्त्र समूहबीच भएको तेश्रो दिनको औपचारिक शिखर वार्ता विना निष्कर्ष स्थगित

१३अक्टोबर२००६(एजेन्सीहरु)-नेपालमा नेपालमा सातदलीय गठबन्धन सरकार र सरकार विरोधी सशस्त्र समूह माओवादी विद्रोहीहरूबीच भैरहेको शिखर वार्तालाई दुबै पक्षले सकारात्मक दिशामा बढिरहेको बताए पनि बिहीबार भएको तेश्रो दिनको औपचारिक वार्ता कुनै निष्कर्ष विना स्थगित भएको नेपाली सञ्चार माध्यमहरुमा जनाइएको छ। (more…)

उच्चस्तरीय आयोगद्बारा नेपाली इतिहासमैं पहिलो पटक राजा ज्ञानेन्द्रसंग सोधपुछ शुरु

एजेन्सीहरु-नेपालमा हालैको जनआन्दोलनमा भएको भनिएको ज्यादतिको छानबीन गरीरहेको आयोगले परम्परागतरुपमा कानूनभन्दा माथि रहेका राजालाई देशको इतिहासमैं पहिलो पटक आन्दोलन दबाउनमा उनको भूमिकाका बारे सोधपुछ शुरु गरेको प्राप्त समाचारहरुमा जनाइएको छ।

यसका साथै सञ्चार माध्यमहरुमा जनाइए अनुसार,हालैको जनआन्दोलनमा भएको भनिएको ज्यादतिको छानबीन गरीरहेको उच्चस्तरीय आयोगले राजा ज्ञानेन्द्रको भूमिकाका बारे सोधपुछ गर्दै बुधबार एक पत्र पठाएको छ। सर्वोच्च अदालतका पूर्व न्यायाधीश कृष्णजंग रायमाझीले नेत्तृत्व गरेको सो न्यायिक आयोगले राजदरबारमा लिखित प्रश्न पठाइ श्री ५ ज्ञानेन्द्रसंग लिखित जवाफको माग गरेको छ। त्यसैगरी परम्परागतरुपमा कानूनभन्दा माथि रहेका राजालाई सार्वजनिक जांचबुझ आयोगले यसरी सोधपुछ गरेको नेपालको इतिहासमा यो पहिलो घटना हो। आयोगले यसअघि राजा ज्ञानेन्द्रको अध्यक्षतामा गठित मन्त्रीपरिषद्का वरिष्ठ उपाध्यक्ष डा. तुल्सी गिरीसहित झन्डै २०० जनासंग बयान लिइसकेको छ। त्यस क्रममा आयोगका एकजना सदस्य हरिहर विरहीले तत्कालीन मन्त्रीपरिषदको अध्यक्षको हैसियतमा जनआन्दोलनमा राजाको भूभिकाका बारे प्रश्न गरिएको बताएका समाचारहरुमा उल्लेख छ । (more…)

October 10, 2006

सात दल र माओवादी बिचको बार्ता भाँडिने स्थितीमा

२४ असोज, काठमाण्डौ
प्रधानमन्त्री निवाश बालुवाटारमा आज बिहानै देखी सात राजनितीक दल र बिद्रोही माओवादी बिच शिर्षबार्ता पुन शुरु भएको छ । प्रम निवास पस्नुअघि सात दलका नेपालहरूले राजसंस्था, अन्तरिम संविधान, संविधान सभा निर्वाचन, हतियार व्यवस्थापन, द्वन्द्व पिडितहरूलाई राहत जस्ता मुद्दाहरूलाई टुङ्गोमा पुर्‍याउन कटिबद्ध जाहेर गरेका छन्। आज बिहान ९ बजेबाट सुरु भएको दोस्रो वर्तामा प्रत्येक दलबाट ४ जना सहभागी हुदै शिखर वर्तामा करिब ३२ नेताहरू उपस्थित रहेका छन्।
प्रधानमन्त्री निवाश बाहिर एकत्रित जनसमुदायहरु,नागरीक समाज , मानवअधिकारकर्मी तथा र्सबसाधाणहरु गणतन्त्रका चर्का नारा लगाउदै बार्ता सफल बनाउनको लागी दबाब दिई रहेका छन् । सेरेमोनियल किङ्गको नारा रट्दै आएको नेपाली कांग्रेश नेकपा माओवादीले संबिधान सभाको निर्बाचन नभएसम्म अधिकार बिहिन राजा स्विकार्ने भने पछि दुबै कांग्रेशले आज अमेरिकी राजदुत मारियार्टरीको शैलिमा पहिलो मुद्धा माओवादी जनसेनालाई निर्शस्त्रीकरण गर्नु पर्ने प्रस्ताब पेश गर्दै, जनसेनालाई निर्शस्त्रीकरण नगरी माओवादीलाई अन्तरीम सरकारमा समाबेश गर्न नमिल्ने तर्क पेश भएपछि बार्ता भाँडिने परिस्थितीमा पुगेको कुरा बार्तामा सहभागी एक नेताले बताएका छन् ।

October 9, 2006

सातदलीय गठबन्धन र माओवादीहरूबीच भएको शिखर वार्ता विना निष्कर्ष टुंगियो, मंगलवार फेरी वार्तामा बस्न सहमत

९अक्टोबर२००६(एजेन्सीहरु)-
नेपालमा सातदलीय गठबन्धन सरकार र माओवादी विद्रोहीहरूबीच आइतवार भएको दोस्रो शिखर वार्ता विना कुनै निष्कर्ष टुंगिएकोले दुवै पक्ष एकदिनको विश्रामपछि मंगलबार विहान फेरी वार्तामा बस्न सहमत भएका नेपाली सञ्चार माध्यमहरुमा जनाइएको छ।
त्यसैगरी सञ्चार माध्यमहरुमा जनाइए अनुसार,सातदल र विद्रोही माओवादीका शिर्ष नेताहरू सम्मिलित दोस्रो शिखर वार्ता आइतवार विना कुनै निष्कर्ष टुंगिएको छ। दुवै पक्ष एकदिनको विश्रामपछि मंगलबार विहान फेरि वार्तामा बस्न सहमत भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो शिखरवार्ता आठ घण्टासम्म चलेको थियो। वैठकपछि जारी गरिएको एउटा संयुक्त वक्तव्यमा, संविधान सभाको निर्वाचन, हतियार व्यवस्थापन र द्वन्द्वबाट प्रभावित मानिसहरूलाई राहत सहायता दिनेबारेमा सौहाद्रपूर्ण वातावरणमा कुराकानी भएको जनाइएको छ। बैठकका क्रममा हालै सरकारलाई पेश गरिएको अन्तरिम संविधानको मस्यौदा पनि प्रस्तुत गरिएको समाचारहरुमा उल्लेख छ । (more…)

October 8, 2006

सात राजनीतिक पार्टी र नेकपा (माओवादी) बिच शिर्ष बार्ता सुरु

काठमाण्डौ २२ असोज
सात राजनीतिक पार्टी र नेकपा (माओवादी) नेतृत्वबीच अहिले बिहान ९ बजेदेखि शिर्ष वार्ता प्रारम्भ भएको छ। वार्ता प्रधानमन्त्री निवास बालुवाटारमा चलिरहेको छ।
वार्तामा प्रधानमन्त्री तथा नेका सभापति गिरिजाप्रसाद कोइराला, गृहमन्त्री कृष्णप्रसाद सिटौला, आमोद उपाध्याय र महेश आचार्यले नेकाको तर्फबाट भाग लिएका छन् भने एमालेको तर्फबाट महासचिव माधवकुमार नेपाल, भरतमोहन अधिकारी, झलनाथ खनाल र पर्यटन मन्त्री प्रदीप ज्ञवालीको उपस्थिति रहेको छ त्यस्तै माओवादीबाट अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता डा. बाबुराम भट्टराई, रामबहादुर थापा (बादल) र कृष्णबहादुर महराको सहभागिता रहेको छ। माओवादी नेताहरु कालो सिसा भएको गाडीमा आएको थिए भने उनिहरुलाई माओवादीकै दुई भ्यान सुरक्षाकर्मिहरुले पछ्याएर आएका थिए।
बार्तामा सहभागी हुन प्रजातान्त्रिक काङ्ग्रेसबाट पार्टी सभापति शेरबहादुर देउवा, डा. मीनेन्द्र रिजाल र श्रम राज्य मन्त्री रमेश लेखकको उपस्थिती रहेको छ। त्यस्तै मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे, सद्भावना (आनन्दीदेवी) को तर्फबाट आपूर्ति मन्त्री हृदयेश त्रिपाठी, उपाध्यक्ष भरत विमल यादव र राजेन्द्र महतो लगायत अन्य वाम पार्टीका नेताहरुको पनि वार्तामा सहभागिता रहेको बालुवाटार स्रोतहरुले बताएका छन्। (more…)


लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons