जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति !

September 26, 2006

हेलिकप्टर दुर्घटनामा राज्यमन्त्री सहित २४ जनाको मृत्यु,सम्पूर्ण क्षेत्रबाट गहिरो दु.ख एवम समबेदना

२६सेप्टेम्बर२००६(एजेन्सीहरु)-
नेपालमा ताप्लेजुङमा गत शनिवारदेखि हराइहेको एउटा हेलिकप्टर सो जिल्लाको घुन्सा भन्ने ठाउँ नजिकै दुर्घटनाग्रस्त अवस्थामा भेटिएको र त्यसमा सवार सबै २४ जनाको लाश क्षतविक्षत रूपमा छरिएको खोजकार्यमा संलग्नहरूले अधिकारीहरूलाई बताएका नेपाली सञ्चार माध्यमहरुमा जनाइएको छ।
त्यसैगरी नेपाली सञ्चार माध्यमहरुमा जनाइए अनुसार,पूर्वी नेपालको ताप्लेजुङमा गत शनिवारदेखि हराइरहेको एउटा हेलिकप्टर सो जिल्लाको घुन्सा भन्ने ठाउँ नजिकै दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ। दुर्घटनास्थल वरपर हेलिकप्टरमा सवार सबै २४ जनाको शव फेला परेको उद्धारकार्यमा संलग्नहरूले जनाएका छन्। यसका साथै उनीहरूका अनुसार प्रतिकुल मौसमका कारण दुर्घटनास्थलमा हेलिकप्टर अवतरण गर्न नसकेकोले ती शवहरू सोमवार काठमाडौं ल्याउन नसकिएको समाचारहरुमा उल्लेख छ ।

त्यस क्रममा प्राप्त समाचार अनुसार,सो हेलिकप्टरमा सवारहरू मध्ये वन राज्यमन्त्री गोपाल राई, प्रसिद्ध भूगोलविद डा. हर्क गुरूङ्ग, नेपाली संरक्षणविदहरू डा.चन्द्रप्रसाद गुरूङ्ग, तिर्थमान मास्के, नारायण पौडेल तथा विदेशी संरक्षण परियोजनाहरूका अधिकारीहरू र फिनल्याण्ड राजदूतावासका वरिष्ठ अधिकारी पनि थिए। ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी हेमराज दवाडीले उद्धारकर्मीहरूले संकलन गरेका शवहरूलाई मंगलवार काठमाडौं ल्याउन प्रयास गरिने बताए। त्यसैगरी उनले भने, “आज दिनभरि जसो नै मौसम विग्रिएको हुनाले लाशहरू ल्याउन सकिएन तर भोलि मौसममा सुधार आएमा यो काम गर्न सकिन्छ।” अधिकारीहरूले दुर्घटनास्थल नजिकै हेलिप्याडहरु बनाइएका र सो ठाउँसम्म शवहरू बोकेर पु-याइने योजना रहेको बताए। यसका साथै थाहा भए अनुसार,विश्व वन्यजन्तुकोषले भाडामा लिएको सो हेलिकप्टरमा सवार सबै ताप्लेजुङमा शुक्रवार कन्चनजङघा संरक्षण आयोजना स्थानीय वासिन्दाहरूलाई हस्तानतरण गर्ने समारोहमा भाग लिन गएका थिए। सो कार्यक्रम सम्पन्न भएपछि घुन्सास्थित संरक्षण स्थलको भ्रमण सकेर उनीहरू फर्कने क्रममा उडान भरेको पाँच मिनटपछि हेलिकप्टरसित सम्पर्क विच्छेद भएको थियो। स्थानीय वासिन्दाले सो समयमा नै विस्फोटनको आवाज सुनेको बताएका थिए। साथै नेपाल सरकार लगायत सम्पूर्ण क्षेत्रबाट यस् दुखत घटना प्रति गहिरो दु.ख एवम समबेदना प्रकट गरिएका प्राप्त समाचारहरुमा उल्लेख छ।

Comments »

The URI to TrackBack this entry is: http://laliguras.blogsome.com/2006/09/26/p694/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.


लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons