जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति !

September 18, 2006

शंका र अविश्वास बढ्दै जांदा गठबन्धन सरकारका प्रधानमन्त्री र विद्रोही अध्यक्षबीच भेटघाट, दशैं अगाडी नै औपचारीक शिखर-वार्ता गर्न सहमत

१८सेप्टेम्बर२००६(एजेन्सीहरु)-
नेपालमा गठबन्धन सरकारका प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र विद्रोही माओवादी अध्यक्ष प्रचण्डबीच भएको अनौपचारीक कुराकानीबाट दुइपक्षमाझ विगत केहि समयदेखि विद्यमान असहमति र अविश्वासको अन्त्य भएको र सकेसम्म दशैं अगाडि औपचारिक शिर्षवार्ता गर्ने सहमति भएको नेपाली सञ्चार माध्यमहरुमा जनाइएको छ।

त्यसैगरी सञ्चार माध्यमहरुमा जनाइए अनुसार,प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र विद्रोही अध्यक्ष प्रचण्ड सकेसम्म दशैं अगाडी नै औपचारीक शिखर वार्ता गर्न सहमत भएका आइतबार अपरान्ह भएको छलफलपछि दुइ शिर्षस्थ नेता उक्त सहमतिमा पुगेका थिए। यसका साथै परस्पर शंका र अविश्वासले गर्दा सरकार र माओवादीहरूकाबीच दुरी बढ्दै जांदा प्रधानमन्त्री कोइराला र अध्यक्ष प्रचण्डकाबीच आइतबार डेढ घण्टाजति कुराकानी भएको थियो। आपसी अविश्वास हटाउन नै वार्ता केन्द्रीत भएको बताउँदै मुख्य सरकारी वार्ताकार कृष्णप्रसाद सिटौलाले भने, “वार्ता मुलत: सेना, हतियारको व्यवस्थापन र अन्तरिम सम्बिधानको निर्माण गर्दै अन्तरिम सरकारको गठन गर्ने विषयसम्ममा केन्द्रीत रहेको छ।” यसैबीच उनले यो दशैंभन्दा अगाडी नै सबै विषय र समस्याहरूलाई समाधान गर्ने गरी शिखर वार्ताको आयोजना गर्नु पर्छ भन्ने वैठकको निष्कर्ष भएको बताएका समाचारहरुमा उल्लेख छ ।

त्यस क्रममा प्राप्त समाचार अनुसार,प्रधानमन्त्री कोइरालासंग अध्यक्ष प्रचण्डले भेट गर्दा संगै रहेका वरिष्ठ माओवादी नेता बाबुराम भट्टराई पनि उत्साहित नै देखिएका जनाएका छन्। उनले वार्ता प्रकृया जसरी अगाडी बढ्नु पर्थ्यो त्यसरि नवढेको र केहि समय यता वातावरण चिसिएको बताए।। त्यसैगरी पुरानो शक्तिसंग सम्झौता गर्नेतिर बढी प्रयास भएको हो की भन्ने आशंका घटनाक्रमले जगाएको बताउँदै भट्टराईले भने, “त्यसले गर्दा हामीलाई पनि अलि आशंकित बनाएकै हो। यसैबीच “वार्ताको ढोका शायद अगाडी खुल्न सक्छ की भन्ने आशा चाहिं अलिकति पहिले भन्दा उज्जवल चाहिं बनेको छ, दशैंभन्दा अगाडी नै यसलाई हल गर्नुपर्छ भन्ने विषयमा नै वैठक बढी केन्द्रीत भयो।” यसका साथै अवरूद्ध भएको शान्ति प्रकृया अगाडी बढाउन शिखर वार्ता छिटै हुने भनी पटक पटक चलेको चर्चाले मुर्त रूप लिन सकेको थिएन। साथै यो पटक शिर्षस्थ नेताहरूबीच नै त्यस्तो वार्ता गर्नेबारे सहमति भएकाले मानिसहरूमा आशा बढेको प्राप्त समाचारहरुमा जनाइएको छ।

Comments »

The URI to TrackBack this entry is: http://laliguras.blogsome.com/2006/09/18/p692/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.


लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons