माओवादी सेनाको व्यवस्थापन
डा. चन्द्र लक्सम्बा
माओवादी छापामारहरू वास्तवमै सेना हुन् ? के तीसँग राष्ट्रिय सेनामा सामेल हुने योग्यता छ ? सरकारी सेनामा समाहित गरियो भने अहिलेका माओवादी छापामारले भोलि राष्ट्रिय सेनाका रूपमा पक्षपातरहित व्यावसायिक धर्म निभाउलान् ? अनि दुई फरक पृष्ठभूमिका सेनाबीचको सम्बन्ध त्यतिखेर कस्तो होला ? यतिखेर धेरै ‘विज्ञ’हरू यी प्रश्नमा घोत्लिइरहेका छन् र धेरैको उत्तर नकारात्मक छ ।
पहिलो प्रश्न हो, माओवादी जनसेना पूर्ण सेना हो कि होइन ? एउटा व्यावसायिक सैनिक र माओवादी छापामारमा फरक पक्कै छ । व्यावसायिक सेनामा एउटा युवाको प्रवेश सबैभन्दा पहिले छाती र पिडुँलाको नाप दिएर हुन्छ । शारीरिक रूपमा सक्षम सावित भएपछि उसले व्यवस्थित तालिम प्राप्त गर्छ र बल्ल मोर्चामा खटिन्छ । तर, एउटा माओवादी छापामारले पहिले विचार बोकेको हो, त्यसपछिमात्र बन्दुक । तर सेना हुन यो पहिलो र अन्तिम मापदण्ड होइन । (more…)

गृह पृष्ठ
