जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति !

September 28, 2006

हेलिकोप्टर दुर्घटनामा मृतकको शवहरू राजधानी ल्याइयो, आज ससम्मान अन्त्येष्टि गरिने

काठमाडौं, असोज ११ –
हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका २४ विशिष्ट व्यक्तिको शव बुधबार ताप्लेजुङको घुन्साबाट राजधानी ल्याइएको छ । क्षतविक्षत अवस्थाका २४ विशिष्ट ब्याक्तीहरुको शव १० वटा झोलामा पोको पारेर ल्याइएको थियो ।
राजधानी ल्याइएका शवहरुमध्ये वन राज्यमन्त्री गोपाल राई, डब्लूडब्लूएफ दक्षिण पूर्वी एसियासम्बन्धी कार्यक्रम निर्देशक मिङमा नोर्बु शेर्पा र डब्लूडब्लूएफ बेलायतका जेनिफर हेड्लीको शव मुस्किलले पहिचान भएको हो । पहिचान हुन नसकेका अन्यको ‘डीएनए’ परीक्षण गर्ने सरकारले जनाएको छ । (more…)

September 26, 2006

शुभ विजय दशमी तथा दिपावली 2063 को उपलक्ष्यमा संसार भरी रहेका सम्पूर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुभ कामना - लाली गुराँस

हेलिकप्टर दुर्घटनामा राज्यमन्त्री सहित २४ जनाको मृत्यु,सम्पूर्ण क्षेत्रबाट गहिरो दु.ख एवम समबेदना

२६सेप्टेम्बर२००६(एजेन्सीहरु)-
नेपालमा ताप्लेजुङमा गत शनिवारदेखि हराइहेको एउटा हेलिकप्टर सो जिल्लाको घुन्सा भन्ने ठाउँ नजिकै दुर्घटनाग्रस्त अवस्थामा भेटिएको र त्यसमा सवार सबै २४ जनाको लाश क्षतविक्षत रूपमा छरिएको खोजकार्यमा संलग्नहरूले अधिकारीहरूलाई बताएका नेपाली सञ्चार माध्यमहरुमा जनाइएको छ।
त्यसैगरी नेपाली सञ्चार माध्यमहरुमा जनाइए अनुसार,पूर्वी नेपालको ताप्लेजुङमा गत शनिवारदेखि हराइरहेको एउटा हेलिकप्टर सो जिल्लाको घुन्सा भन्ने ठाउँ नजिकै दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ। दुर्घटनास्थल वरपर हेलिकप्टरमा सवार सबै २४ जनाको शव फेला परेको उद्धारकार्यमा संलग्नहरूले जनाएका छन्। यसका साथै उनीहरूका अनुसार प्रतिकुल मौसमका कारण दुर्घटनास्थलमा हेलिकप्टर अवतरण गर्न नसकेकोले ती शवहरू सोमवार काठमाडौं ल्याउन नसकिएको समाचारहरुमा उल्लेख छ । (more…)

September 25, 2006

नेपालमा मन्त्री सहित विशिष्ट व्यक्तिहरू सवार हेलिकप्टरको खोजी कार्य जारी,हराइरहेका अधिकारीहरूको अवस्थाप्रति आशंका र चिन्ता

२५सेप्टेम्बर२००६(एजेन्सीहरु)-नेपालमा ताप्लेजुङको धुम्स‌ावाट विशिष्ट व्यक्तिहरू सहित २४ जना लिई उडेको एउटा हेलिकप्टर बेपत्ता भएको दोस्रो दिन आइतवार खोजी कार्य जारी राखिए पनि खराब मौसमका कारण सो विमानबारे केहि पत्ता लाग्न नसकेको अधिकारीहरूले बताएका नेपाली सञ्चार माध्यमहरुमा जनाइएको छ। त्यसैगरी सञ्चार माध्यमहरुमा जनाइए अनुसार,पूर्वी नेपालको ताप्लेजुङस्थित धुम्सावाट शनिवार विशिष्ट व्यक्तिहरू सहित उडेको एउटा हेलिकप्टरको खोजीकार्यमा आइतवार पनि कुनै उपलब्धी हासिल हुन नसकेको अधिकारीहरुले बताएका छन्। प्रतिकुल मौसमका कारण हवाई माध्यमवाट खोजी कार्यमा अवरोध पुगेकाले धुम्सावाट तीन घण्टाको दुरीमा सात सदस्यीय खोजी टोलीलाई आईतवार अपरान्ह हेलिकप्टरवाट ओह्रालिएको छ। (more…)

September 18, 2006

शंका र अविश्वास बढ्दै जांदा गठबन्धन सरकारका प्रधानमन्त्री र विद्रोही अध्यक्षबीच भेटघाट, दशैं अगाडी नै औपचारीक शिखर-वार्ता गर्न सहमत

१८सेप्टेम्बर२००६(एजेन्सीहरु)-
नेपालमा गठबन्धन सरकारका प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र विद्रोही माओवादी अध्यक्ष प्रचण्डबीच भएको अनौपचारीक कुराकानीबाट दुइपक्षमाझ विगत केहि समयदेखि विद्यमान असहमति र अविश्वासको अन्त्य भएको र सकेसम्म दशैं अगाडि औपचारिक शिर्षवार्ता गर्ने सहमति भएको नेपाली सञ्चार माध्यमहरुमा जनाइएको छ।

त्यसैगरी सञ्चार माध्यमहरुमा जनाइए अनुसार,प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र विद्रोही अध्यक्ष प्रचण्ड सकेसम्म दशैं अगाडी नै औपचारीक शिखर वार्ता गर्न सहमत भएका आइतबार अपरान्ह भएको छलफलपछि दुइ शिर्षस्थ नेता उक्त सहमतिमा पुगेका थिए। यसका साथै परस्पर शंका र अविश्वासले गर्दा सरकार र माओवादीहरूकाबीच दुरी बढ्दै जांदा प्रधानमन्त्री कोइराला र अध्यक्ष प्रचण्डकाबीच आइतबार डेढ घण्टाजति कुराकानी भएको थियो। आपसी अविश्वास हटाउन नै वार्ता केन्द्रीत भएको बताउँदै मुख्य सरकारी वार्ताकार कृष्णप्रसाद सिटौलाले भने, “वार्ता मुलत: सेना, हतियारको व्यवस्थापन र अन्तरिम सम्बिधानको निर्माण गर्दै अन्तरिम सरकारको गठन गर्ने विषयसम्ममा केन्द्रीत रहेको छ।” यसैबीच उनले यो दशैंभन्दा अगाडी नै सबै विषय र समस्याहरूलाई समाधान गर्ने गरी शिखर वार्ताको आयोजना गर्नु पर्छ भन्ने वैठकको निष्कर्ष भएको बताएका समाचारहरुमा उल्लेख छ । (more…)

September 4, 2006

माओवादी सेनाको व्यवस्थापन

डा. चन्द्र लक्सम्बा
माओवादी छापामारहरू वास्तवमै सेना हुन् ? के तीसँग राष्ट्रिय सेनामा सामेल हुने योग्यता छ ? सरकारी सेनामा समाहित गरियो भने अहिलेका माओवादी छापामारले भोलि राष्ट्रिय सेनाका रूपमा पक्षपातरहित व्यावसायिक धर्म निभाउलान् ? अनि दुई फरक पृष्ठभूमिका सेनाबीचको सम्बन्ध त्यतिखेर कस्तो होला ? यतिखेर धेरै ‘विज्ञ’हरू यी प्रश्नमा घोत्लिइरहेका छन् र धेरैको उत्तर नकारात्मक छ ।
पहिलो प्रश्न हो, माओवादी जनसेना पूर्ण सेना हो कि होइन ? एउटा व्यावसायिक सैनिक र माओवादी छापामारमा फरक पक्कै छ । व्यावसायिक सेनामा एउटा युवाको प्रवेश सबैभन्दा पहिले छाती र पिडुँलाको नाप दिएर हुन्छ । शारीरिक रूपमा सक्षम सावित भएपछि उसले व्यवस्थित तालिम प्राप्त गर्छ र बल्ल मोर्चामा खटिन्छ । तर, एउटा माओवादी छापामारले पहिले विचार बोकेको हो, त्यसपछिमात्र बन्दुक । तर सेना हुन यो पहिलो र अन्तिम मापदण्ड होइन । (more…)


लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons