जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति !

July 24, 2006

सरकारी पत्रप्रति आपत्ति जनाउँदै माओवादीद्वारा अन्नानलाई पत्र

शान्ति स्थापनामा सहयोगको निम्ति आग्रह गर्दै नेपाल सरकारले १८ असारमा संयुक्त राष्ट्र संघलाई पठाएको पत्रप्रति कडा असहमति जनाउँदै नेकपा माओवादीले पनि संयुक्त राष्ट्रसंघलाई ८ साउनमा पत्र पठाएको छ।
माओवादी अध्यक्ष प्रचण्डले राष्ट्रसंघका महासचिव कोफी अन्नानलाई सम्वोधन गर्दै ‘सरकारले लेखेको पत्रका केही बुँदाप्रति कडा विरोध र असहमति जनाउन’ पत्र लेख्नु परेको जनाएका छन्। सरकारले आफूहरूसँग कुनै परामर्श नगरी गोप्य र एकपक्षिय रुपमा पत्र पठाएको उल्लेख गर्दै प्रचण्डले त्यसबाट सरकार र माओवादीवीच जारी सम्झौताको भावनाको पूर्ण उलंघन भएको बताएका छन्। सरकारी पत्रको वारेमा ३ सातापछि आफूहरुले जानकारी पाएकोले आफ्नो असहति जाहेर गर्न ढिलाई भएको प्रष्ट्याउँदै प्रचण्डले सरकारी पत्रको ३ र ४ नम्वर बुँदाले दुईपक्षवीच भएका १२ र ८ बुँदे सहमतिको पूर्ण उलंघन भएको उल्लेख गरेका छन्। साथै प्रचण्डले पत्रमा ८ बुँदेमा भएको ‘दुवै पक्षको सेना र हतियारको व्यवस्थापन तथा संविधान सभाको स्वतन्त्र र निष्पक्ष निर्वाचनको निम्नि सहयोग गर्न संयुक्त राष्ट्रसंघलाई अनुरोध गर्ने’ सहमति पनि उद्धरण गरेका छन्।
त्यस विपरित ‘उत्तेजनापूर्ण ढंगले माओवादी लडाकुको पर्यवेक्षण र उनीहरुको हतियार निशस्त्रिकरण गर्ने तथा नेपाली सेना ब्यारेकभित्र रहेको निश्चिन्त पार्न असयोग गर्ने लगायतका कुरा’ सरकारी पत्रमा उल्लेख भएको प्रचण्डको भनाई छ। ‘दुई सेनाप्रति फरक मापदण्डको अपेक्षा गर्दै पठाइएको स्वेच्छाचारी र एकपक्षिय उक्त पत्र’ आफूहरुको निम्ति ‘पूर्णतया आपत्तिजनक र अस्वीकार्य रहेको’ बताउँदै प्रचण्डले पत्रमा ‘खासगरी संविधानसभाको निर्वाचन अघि जनमुक्ति सेनाको निशस्त्रिकरणको कुनै प्रक्रिया सोच्न समेत नसकिने’ उल्लेख गरेका छन्। उनले ‘स्वतन्त्र र निष्पक्ष संविधान सभाका निर्वाचनको निम्ति अझै पनि निरंकूश राजतन्त्रप्रति वफादार रहेको स्वघोषित नेपाली सेनाको पुनःसंरचना र उसलाई विश्वसनिय अन्तरिष्ट्रय पर्यवेक्षणमा राख्नु अति आवश्यक र महत्वपूर्ण रहेका कुराप्रति सबै जानकार रहेको बताएका छन्।
माओवादी अध्यक्ष प्रचण्डले नेपालको प्रगति, शान्ति र लोकतन्त्रको पक्षमा खेलेको भूमिकाप्रति संयुक्त राष्ट्रसंघ र व्यक्तिगत रुपमा महासचिव अन्नानको प्रशंसा गर्दै भविष्यमा त्यो जारी रहने अपेक्षा दोहर्‍याएका छन्। सरकारी पत्रप्रति आपत्ति जनाउँदा जनाउँदै पनि प्रचण्डले ‘छिट्टै नेपाल आउन लागेको राष्ट्रसंघको टोलीको प्रत्येक विधिप्रति सहयोग गर्न पाउँदा आफूहरुलाई खुशि लाग्ने’ जनाएका छन्।
श्रोत - हिमाल खबर -
यस सम्बन्धि समाचार
कान्तिपुर अनलाईन

Comments »

The URI to TrackBack this entry is: http://laliguras.blogsome.com/2006/07/24/p686/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.


लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons