जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति !

July 21, 2006

राजधानीमा दिन दहाडै डकैती

सशस्त्र लुटेराहरुको एक समूहले ५ साउनको मध्यान्ह करिव १२ बजे काठमाडौँको टेकूस्थित कन्टिनेन्टल मार्केटिङ्ग प्रा.लि.बाट रु.२५ लाख लुटेका छन्।
चारजनाको समूहमा आएका ती लुटेराहरुले नगद रु.२० लाख र कार्यालयमा कार्यरत कर्मचारी र ग्राहकहरुको सुनका गहना तथा मोवाइल फोनका सेटहरु लुटेर लगेका छन्। बागमती चेम्बर्सको चौथो तल्लामा रहेको उक्त कार्यालयमा पसेका ती चारजनाले स्टाफहरुलाई बन्दुक देखाएर नगद तथा जिन्सी लुटेको कम्पनीका प्रबन्ध निर्देशक राजेश उपाध्यायले बताए। उक्त कार्यालयको द्वारमा सुरक्षा गार्ड राख्ने र जाँच गर्ने कुनै प्रबन्ध थिएन। यसअघि पनि दिउँसै राजधानीको क्षेत्रपाटी र जोरपाटीस्थित बैङ्क लुटिएको थियो।
घटना स्थलमा घटना घटेको १५ मिनेटमा नै उपत्यका अपराध अनुसन्धान शाखाको एक टोली त्यहाँ पुगी सिसिटिभी कब्जामा लिएको एबं अपराधीहरूको पहिचान भै सकेको एक प्रहरी अधिकृत जनाएका छन्।

Comments »

The URI to TrackBack this entry is: http://laliguras.blogsome.com/2006/07/21/decoit/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.


लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons