जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति !

July 20, 2006

नेपालमा सुविधा बृद्धिको माग गर्दै गरेका अनिश्चितकालीन हड्तालका कारण देशभरीका ३,००० भन्दा बढी अतिरिक्त हुलाक कार्यालयहरू बन्द

२०जुलाई२००६(एजेन्सीहरु)-नेपालमा सुविधा बृद्धिको माग गर्दै आएका नेपालका अतिरिक्त हुलाकका कर्मचारीहरूले बुधबारबाट देशभरीका अतिरिक्त हुलाक कार्यालयहरू बन्द गराएका सञ्चार माध्यमहरुमा जनाइएको छ । यसै क्रममा समाचारहरुमा उल्लेख भए अनुसार,सरकारले असार मसान्तसम्ममा आफ्ना माग पूरा गर्ने आश्वासन दिएरपनि त्यसप्रति कुनै वास्ता नगरेको भन्दै त्यहां कार्यरत कर्मचारीहरू आन्दोलनमा उत्रिएका हुन्। त्यसैगरी मासिक १,००० काम गर्दै आएका अतिरिक्त हुलाकका कर्मचारीहरूले, श्रेणी विहीन सरकारी कर्मचारीहरू सरहको सुविधाको माग गरेका छन्।

नेपालमा श्रेणी विहीन कर्मचारीको तलब ३,५०० को हाराहारीमा रहने गरेको छ। यसका साथै सबै कर्मचारीको तलब २०५७ सालमा ५०% बृद्धि भएको थियो।त्यसपछि पटक, पटक बृद्धि हुंदै आएपनि अतिरिक्त हुलाकका कर्मचारीहरूको तलब २०३४ सालदेखि एउटै भएको नेपाल अतिरिक्त हुलाक कल्याणकारी केन्द्रीय समितिका अध्यक्ष टिकाप्रसाद भण्डारीले बताएका समाचारहरुमा जनाइएको छ ।

यसका साथै प्राप्त समाचार अनुसार,”अहिलेको एक्काइसौं शताब्दीमा हामीलाई अत्यन्त न्यून पारिश्रमिकमा काममा खटाएका हुनाले जेठ २१ गते विभिन्न सात सुत्रीय मागहरू राखेर ज्ञापनपत्र दिएका थियौं, ती मागहरू हालसम्म पनि पूरा नभएको हुनाले हामीले विरोधमा उत्रिनु परको हो।” कर्मचारीहरूको हडतालका कारण देशभरीका ३,०७४ वटा अतिरिक्त हुलाक‌ कार्यालयहरू बन्द भएका छन्।त्यसैगरी अध्यक्ष भण्डारीले ती हुलाक कार्यालयहरूमा जम्मा १०,५७७ जना कार्यरत रहेका जानकारी दिएका छन्। यसै क्रममा उनले डाक बाहक र वितरकले दैनिक ३३ रुपैंया र हुलाक प्रतिनिधिले दैनिक ३९ रुपैंया पारिश्रमिक पाउने गरेको बताए। यसका साथै उनीहरूले बुधवार देश भरीका जिल्ला प्रशासन कार्यालय र हुलाक कार्यालयहरूमा ज्ञापनपत्र पनि बुझाएका थिए। भौगोलिक विकटताका कारण नेपालमा हुलाक संचार एउटा महत्वपूर्ण माध्यमका रूपमा रहेको प्राप्त समाचारहरुमा उल्लेख छ ।

Comments »

The URI to TrackBack this entry is: http://laliguras.blogsome.com/2006/07/20/postoffice/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.


लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons