जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति !

July 10, 2006

विश्व कप फुटबल -२००६

Filed under: खेलकुद

विश्व कप ईटालीको कब्जामा, जिदानको पशुत्व ब्यबहार

अठारौं विश्वकपको गएराति भएको फाइनल खेलमा ट्राइबेकरमा फ्रान्स इटालीसँग पराजित भयो । खेल सुरु भएको सात मिनेटमा पेनाल्टी पाएपछि त्यसलाई जिदानले गोलमा परिणत गरी फ्रान्सलाई १ गोलको अग्रता दिलाएका थिए । त्यसपछि १९ औं मिनेटमा कर्नरबाट आएको बललाई इटालीका मेतरात्सीले हेडमार्फ् गोल गरेपछि खेल १-१ को बराबरीमा पुगेको थियो । निर्धारित समय र अतिरिक्त आधा घन्टाको खेलमा समेत थप गोल हुन नसकेपछि पेनाल्टी सुट आउटमा खेलाइँदा इटालीले ५-३ को नतिजामा फ्रान्सलाई पराजित गर्यो । तर, फाइनलको सबैभन्दा दुर्भाग्यपूर्ण घटना फ्रान्सका स्टार खेलाडी जिनेदिन जिदानेलाई रेड कार्ड दिखाउनुभयो । सहायक रेफ्रीसँगको सल्लाहपछि अर्जेन्टिनाका रेफ्रीले जिदानलाई मैदानबाट बाहिर निकाल्ने निर्णय गरेका समाचारहरुमा उल्लेख छ। एक सय १० मिनेटमा जिदानले मेतारात्सीलाई रिसले टाउकोद्वारा छातीमा प्रहार गर्दा रेडकार्डको सिकार भई मैदान बाहिरिँदा फ्रान्स १० खेलाडीमा मात्र सीमित भएको थियो । आफ्नो फुटबल जीवनको अन्तिम खेलमा फ्रान्सका कप्तान जिनेदिन जिदानले अनुशासनबाहिर गएर विपक्षी टिमका खेलाडीमाथि प्रहार गर्दा रातो कार्ड पाई मैदान छाड्नुपर्ने स्थिति आएपछि जिदानको अभावमा ट्राइबेकरमा फ्रान्सलाई घाटा लागेको थियो । जिनेदिन जिदानले रेड कार्ड पाएको भिडियो हेर्न यहाँ क्लिक गर्नुस् ।
इटलीलै चौथो पटक विश्वकप जितेको छ । तर, फ्रान्सले एक पटक मात्र जितेको छ। इटलीले सन् १९३४, १९३८ र १९८२ मा प्रतियोगिता जितेको थियो तर फ्रान्सले सन् १९९८ मा एक पटक मात्र जितेको छ । आइतवार भएको फाईनल फुटबल प्रतियोगिता हेर्नको लागि अमेरिकाका पुर्व राष्ट्पति विल किन्टन्,संयुक्त राष्ट्र संघका महासचिव कोफी अनान्,इटलीका राष्ट्पति,फ्रान्सका राष्ट्पति लगायत अन्य नेताहरुको उपस्तिथी रहेको थियो साथै आइतवारबाट समाप्त भएको सञ्चार माध्यमहरुमा उल्लेख छ। १९ औँ विश्वकप सन् २०१० मा दक्षिण अफ्रीकामा आयोजना हुनेछ ।
South Africa 2010
हिजो भएको खेलको फोटोहरु हेर्नकोलागि भित्र आउनु होला ।
























Comments »

The URI to TrackBack this entry is: http://laliguras.blogsome.com/2006/07/10/p661/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.


लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons