५जुलाई२००६(एजेन्सीहरु)-नेपालमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई सोमवार राती एक्कासी अस्पताल भर्ना गरिएपछि संसदमा पेश गरिने सरकारको वार्षिक नीति तथा कार्यक्रम पाँच दिनकालागि पर सरेको प्राप्त समाचारहरुमा जनाइएको छ। यसका साथै प्राप्त समाचारमा जनाइए अनुसार,परम्परागत रूपमा शाहि सम्बोधन मार्फत पेश गरिने सरकारको नीति तथा कार्यक्रम पहिलो पटक प्रधानमन्त्रीवाट मंगलवार प्रस्तुत गरिने कार्यक्रम थियो। बर्षेनी संसदमा सरकारको बार्षिक नीति तथा कार्यक्रम पेश गरिने चार बर्षदेखि रोकिएको परम्परालाई मंगलवार भिन्नै किसिमले निरन्तरता दिइने तय भएको थियो। यसै क्रममा हालैको जनआन्दोलनपछि राजाका अधिकार र सुविधामा गरिएको व्यापक कटौतीसंगै राजाबाट संसदमा गरीने सम्बोधन मार्फत पेश हुने सरकारको नीति तथा कार्यक्रम प्रधानमन्त्रीले नै पेश गर्ने तय भएको थियो। यसै बीच चारबर्षपछि पुन:स्थापित संसदमा पुरानो परम्परालाई नयां किसिमले निरन्तरता दिने प्रयास सार्थक हुन अरू पांच दिन कुर्नुपर्ने भएको समाचारहरुमा उल्लेख छ। (more…)