नेपालमा माओवादी विद्रोहीहरुद्बारा उनीहरूका ‘जन-अदालत’हरु अब शहरी क्षेत्रमा सन्चालन नगर्ने निर्णय
४जुलाई२००६(एजेन्सीहरु)-नेपालमा युद्धविराम आचारसंहिता पालना नगरेका भनि आरोप खेपिरहेका माओवादी विद्रोहीहरुले उनीहरूका ‘जन-अदालत’हरु अब शहरी क्षेत्रमा सन्चालन नगर्ने निर्णय गरेका सञ्चार माध्यमहरुमा उल्लेख छ । यसै बीच प्राप्त समाचारमा जनाइए अनुसार,सोमबार एउटा प्रेस विज्ञप्ती जारी गरि माओवादी विद्रोही अध्यक्ष प्रचणडले शान्तिवार्ता प्रक्रियालाई सहज तुल्याउन सो कदम चालिएको बताउनुभएको छ। आइतवार मात्रै माओवादी विद्रोहीहरूको जन-अदालतले तान्सेन नगरपालिकाका पूर्व मेयर धतानन्द भट्टराईलाई तीन वर्षको श्रमकैदको सजाय सुनाएको थियो।यसका साथै विद्रोहीहरूका पछिल्ला निर्णयले शहरी क्षेत्रमा यस्ता घटनाहरू रोकिने आशा गरिएपनि ग्रामिण इलाकामा भने तीनले भन्दै आएका जन-अदालतहरू कायमै रहने उल्लेख छ। (more…)

गृह पृष्ठ
