जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति !

July 3, 2006

प्रतिनिधिसभाको बैठकद्बारा प्रतिनिधिसभा विघटन गर्न भएको सम्झौताको कडा आलोचना

पुनर्स्थापित प्रतिनिधिसभाको आइतवारको बैठकमा प्रतिनिधिसभा विघटन गर्न भएको सम्झौताको कडा आलोचना गरिएको प्राप्त समाचारहरुमा जनाइएको छ। त्यसैगरी सञ्चार माध्यमहरुमा जनाइए अनुसार,सत्तारूढ सातदलिय गठबन्धन र नेकपा माओवादीबीच यसै महिनाको शुरूमा बैकल्पिक व्यवस्था गरी प्रतिनिधिसभा विघटन गर्न सहमति भएपछि प्रतिनिधिसभाको बैठक दुईहप्ता भन्दा लामो समयका लागि स्थगित भएको थियो। यसका साथै सरकार र माओवादी विद्रोहीबीच जारी शान्तिवार्ता प्रकृयालाई प्राथमिकता दिन स्थगित गरिएको भनिएको प्रतिनिधिसभाको बैठक आइतवार विहान सिंहदरवारमा बसेको उल्लेख छ । (more…)

इण्डोनेसियामा एक नेपालीसहित १६ जनालाई फाँसी दिने तयारी

इण्डोनेसियामा लागु पदार्थको तस्करी गरेको आरोपमा मृत्यु दण्डको सजाय पाएका एक नेपालीसहित १६ जनालाई फाँसी दिने तयारी भइरहेको त्यहाँका अधिकारीले जनाएका सञ्चार माध्यमहरुमा जनाइएको छ । यसका साथै समाचारहरुमा उल्लेख भए अनुसार,इण्डोनेसियाको सरकारी वकिलको कार्यालयले लागु औषध तस्करी गर्ने १६ जना अभियुक्तलाई फाँसी दिने तयारी यसअघि नै सुरु गरिसकेको महान्यायाधीवक्ताको कार्यालयका ती अधिकारीले बताए ।यसै क्रममा फाँसीको सजाय सुनाइएमध्ये सात नाइजेरियाली, ६ इण्डोनेसियाली र नेपाल, मलावी र थाइल्याण्डका एक एक जना रहेका छन् । त्यसैगरी विभिन्न मानवअधिकारकर्मीहरुले इण्डोनेसियामा मृत्युदण्डको सजाय तोकिएका नुवाकोट देउरालीका इन्द्रबहादुर तामाङको जीवनरक्षाका लागि पहल गरिदिन सरकारसित आग्रह गरेका उल्लेख छ। (more…)

माओवादी सहितको अन्तरीम सरकार गठन भएमा त्यस्तो सरकारलाई अमेरिकाले सहयोग नगर्ने

(एजेन्सीहरु)-नेपालका लागि अमेरिकी राजदूत जेम्स मोरीआर्टीले शनिवार प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासंग भेटवार्ता गर्नुभएको छ। यसका साथै माओवादी विद्रोहीका क्रियाकलाप बारे आफ्ना पछिल्ला अभिव्यक्तिका कारण चर्चामा रहनुभएका श्री मोरीआर्टीले स्वदेश फर्कनुअघि प्रधानमन्त्री कोइरालासंग शिष्टाचार भेट गर्नुभएको अधिकारीहरूले जनाएका प्राप्त समाचारहरुमा जनाइएको छ।

त्यसैगरी समाचारहरुमा उल्लेख भए अनुसार,तीन साता लामो स्वदेश बसाईमा जानु अघि शनिवार विहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री कोइराला तथा अमेरीकी राजदूत मोरीआर्टीबीच भएको भेटवार्तालाई महत्वका साथ हेरिएको थियो। यसका साथै माओवादी विद्रोहीहरूले हिंसा नत्याग्दै माओवादी सहितको अन्तरीम सरकार गठन भएमा त्यस्तो सरकारलाई अमेरीकाले सहयोग नगर्ने बताउनु भएर राजदूत मोरीआर्टीले आफ्नो सरकारको माओवादी प्रतिको कडा रवैया कायमै रहेको संकेत दिनुभएको थियो। यसै क्रममा शनिवार विहानको भेटघाटमा ति कुराहरू नउठेको प्रधानमन्त्रीका विदेश मामिला सम्बन्धि सल्लाहकार डा. सुरेश चालिसेले बताउनुभएको समाचारहरुमा उल्लेख छ। (more…)


लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons