जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति !

July 1, 2006

नयाँ आर्थीक विधेयक पारीत गरेपछि आगामि आर्थीक वर्षदेखि राजा ज्ञानेन्द्रको सम्पत्तीमा कर लगाइने

१जुलाई२००६(एजेन्सीहरु)- अर्थमन्त्री डा. रामशरण महतले संसदले छिट्टै नै नयाँ आर्थीक विधेयक पारीत गरेपछि आगामि आर्थीक वर्षदेखि राजा ज्ञानेन्द्रको सम्पत्तीमा कर लगाइने बताउनुभएको प्राप्त समाचारहरुमा जनाइएको छ। त्यसैगरी सञ्चार माध्यमहरुमा जनाइए अनुसार,अर्थमन्त्री मन्त्री महतका अनुसार “करको नियम अरूलाई जसरि लागु हुन्छ, राजा ज्ञानेन्द्रलाई पनि त्यहि हिसाबले लागु हुन्छ।”तर त्यसरी कर लगाउनुअघि राजाको सम्पत्ति तथा आम्दानी कति छ भन्ने मुल्याङ्कन गर्नु पर्ने हुन्छ। यसका साथै अहिलेसम्म राजाको सम्पत्ति तथा आम्दानिबारे कुनै आधिकारीक जानकारि सार्वजनिक भएको छैन। त्यस्तो जानकारि सार्वजनिक गर्न सरकारले राजासमक्ष आग्रह गर्ने मन्त्री महतले बताउनु भएको जनाइएको छ । (more…)

राजाको चल–अचल सम्पतिको विवरण माग

प्रतिनिधिसभा सार्वजनिक लेखा समितिले सरकारलाई ५ दिनभित्र राजा ज्ञानेन्द्रको सम्पति विवरण पेश गर्न आग्रह गरेको छ। समितिको १५ असारमा बसेको बैठकले राजको घर, जग्गा, सुन, चाँदी लगायतका चल–अचल सम्पतिको विवरण पठाउन भनेको हो।
सोही बैठकले प्रधानमन्त्री लगायत मन्त्रीपरिषद्का सदस्य तथा सांसदहरुलाई पनि त्यही अवधिभित्र आफ्नो सम्पति विवरण सार्वजनिक लेखा समितिमा पेश गर्न अह्राएको छ।
राजाको सम्पति राजदरवार मामिला हेर्ने मन्त्रालय वा मन्त्रिपरिषद्ले पठाउने समितिका सभापति सांसद चित्रबहादुर के.सी.ले बताऐ। “१८ असोज २०५९ पछिका कठपुतली सरकार र राजाको प्रत्यक्ष शासनमा भएको खर्च विवरण पनि माग हामीले हेर्न चाहेका छौ।” सभापति के.सी.ले हिमाल खबरसँग भने “खासगरी जनआन्दोनल दबाउन गरिएको आर्थिक हिनामिना र खर्चप्रति हाम्रो चासो छ।” बैठकले २१ वटा मन्त्रालयको खर्च विवरण हेर्न ३–३ जना सांसद रहेको ७ वटा उपसमिति पनि गठन गरेको छ।
श्रोत हिमाल खबर

वैदेशिक रोजगार क्षेत्रका जटिलता व्यवस्थित गर्न नयाँ कानुनको खाँचो

काठमाडौँ, असार १६ गते ।
श्रम तथा यातायात व्यवस्था राज्यमन्त्री रमेश लेखकले वैदेशिक रोजगारका क्षेत्रमा रहेका जटिलताहरूलाई व्यवस्थित गर्न नयाँ कानुनको खाँचो रहेको औँल्याउनुभएको छ । सरकार र व्यवसायी दुवैका तर्फाट जटिलता रहेको बताउँदै राज्यमन्त्री लेखकले चाँडोभन्दा चाँडो कानुनको मस्यौदा तयार गरी संसद्मा पठाउन सबैले प्रयत्न गरौँ भन्नुभयो । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको १५औँ वाषिर्कोत्सवका अवसरमा आयोजित ‘वैदेशिक रोजगारको योगदान, चुनौती र अवसर’ विषयक अन्तर्त्रिmया कार्यक्रममा राज्यमन्त्री लेखकले सो विचार व्यक्त गर्नुभएको हो । सरकारले वैदेशिक रोजगारीको क्षेत्रमा हस्तक्षेप हैन मध्यस्थकर्ता र अनुगमनको कार्य गर्ने बताउँदै उहाँले यसक्रममा अदालतका फैसला कार्यान्वयन गर्नु सरकारको दायित्व भएको स्पष्ट पार्नुभयो । रोजगार व्यवसाय मर्यादित बन्न नसकेको विचार व्यक्त गर्दै राज्यमन्त्री लेखकले विगतका दिनमा राज्यले सो व्यवसायलाई नीतिगतरूपमा स्पष्टता दिन नसकेका कारण नै समस्याहरू थपिँदै गएको बताउनुभयो । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने वैदेशिक रोजगार क्षेत्रलाई अव्यवस्थित अवस्थामा राख्न नहुने बताउँदै नयाँ नेपालको निर्माणमा यसलाई उपयोग गरिनुपर्ने विचार व्यक्त गर्नुभयो । नेकपा (एमाले) स्थायी समिति सदस्य अशोक र्राईले वैदेशिक रोजगार व्यवसायीहरूप्रति रहेको नकारात्मक धारणामा परिवर्तन ल्याउनुपर्ने बताउँदै स्पष्ट नीतिको खाँचो औँल्याउनुभयो । (more…)

विश्व कप फुटवल - खेल र नतिजा

हिजोको खेलको नतिजा
पेनाल्टी सुट आउटको आधारमा
जर्मनि 4 - अर्जेन्टिना - 2
दोश्रो खेल
ईटली - 3 युक्रेल- 0

आजको खेल
वेलायत Vs पोर्चुगल
ब्राजिल Vs फ्रान्स


लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons