राजगद्दी उत्तराधिकारीसम्बन्धी नयाँ निर्णय, मुख्य सचिवमा घिमिरे
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषदको बैठकले राजदरबार र राजगद्दी उत्तराधिकारीसम्बन्धमा सरकारले महत्वपूर्ण निर्णय गरेको छ। राजगद्दी उत्तराधिकारीमा छोरा अथवा छोरी जे भए पनि जेठो सन्तान रहने व्यवस्था गर्नुपर्ने एबं राजापरिवार खर्च नयाँ व्यवस्था गर्नका लागि नयाँ विधेयक ल्याउनु पर्ने हुदां संसदमा पेश गरिने भएको छ।
यसै गरी नेपाल सरकारले आज मुख्य सचिवमा भोजराज घिमिरेलाई नियुक्त गरिएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र राष्ट्रिय योजना आयोगको सचिव बनि सक्नु भएका घिमिरे यसअघि अर्थ मन्त्रालयको सचिव हुनुहुन्थ्यो।
यसै गरी सरकारले आज गरेका नियुक्तीहरुमा प्रेस काउन्सिलको अध्यक्षमा पत्रकार राजेन्द्र दाहाल, नेपाल टेलिभिजनको अध्यक्ष पदमा डा. बेञ्जु शर्मा एवं नेपाल चेलचित्र विकास बोर्डमा शैलेश आचार्य नियुक्त हुनुभएको छ।

गृह पृष्ठ
