जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति !

June 30, 2006

माओवादी नेताहरूद्वारा भारतीय राजदूत संग भेट

२९जुन२००६(एजेन्सीहरु)- माओवादीका शीर्ष नेता बाबुराम भट्टराई र प्रवक्ता कृष्ण बहादुर महराले भारतीय राजदूत शिवशंकर मुखर्जीसंग भेट गर्नुभएको प्राप्त समाचारहरुमा जनाइएको छ । यसका साथै राजदूतावासका प्रवक्ता गोपाल वाग्लेले राजदूत-माओवादी वार्ता समसामयिक स्थितिमा केन्द्रित रहेको भन्ने बाहेक थप जानकारी दिन अस्वीकार गर्नुभयो। तर माओवादी प्रवक्ता महराले भने केही खुलेर जानकारी दिनुभएको थियो। यसैबीच उहांले राजदूत मुखर्जीले लोकतान्त्रिक प्रक्रियालाई संस्थागत गर्ने र वार्ताबाट एउटा निष्कर्षमा पुग्ने जस्ता बिषयमा भारतको सकारात्मक सहयोग रहने धारणा व्यक्त गर्नुभएको बताउनुभएको समाचारहरुमा जनाइएको छ ।

त्यस्तै माओवादीहरुका तर्फबाट भारतीय राजदूत समक्ष राखिएका कुराहरुबारे श्री महराले भन्नुभयो, “हामीले भारतका जेलमा रहेका नेकपा माओवादीका नेता तथा कार्यकर्ताहरुको शीघ्र रिहाइ गरिनुपर्ने कुराहरु राख्यौं र राजदूतले त्यस्तो पहल शुरु गर्न लागिएको बताउनुभएको छ।” तत्काल अरु देशका कुटनीतिज्ञहरुसंग पनि यस्तै भेटवार्ता गर्ने योजना छ कि भनेर सोधिएको प्रश्नमा श्री महराले यो प्रक्रिया अघि बढ्ने संकेत दिनुभयो।यसका साथै नेपाल सरकारले माओवादीमाथिको आतंकवादीको संज्ञा हटाएपनि भारतले त्यसो गरिनसकेको पृष्ठभूमिमा भारतीय राजदूतावासमा भारतीय राजदूतसंग माओवादी नेताको भेटलाई महत्वका साथ हेरिएको छ। यसैबीच वरिष्ठ माओवादी नेताहरुले यसअघिको युद्धविराम र वार्ताका बेला पनि भारत लगायत काठमाडौंस्थित विदेशी नियोगका कुटनीतिज्ञहरुसंग भेट गरेका सञ्चार माध्यमहरुमा जनाइएको छ ।

Comments »

The URI to TrackBack this entry is: http://laliguras.blogsome.com/2006/06/30/p633/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.


लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons