जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति !

June 28, 2006

राष्ट्रसंघीय मानवअधिकार निकायद्वारा विद्रोहीहरुले मानवअधिकार हननका कार्य जारी राखेको आरोप

२८जुन२००६(एजेन्सीहरु)-नेपालस्थित राष्ट्रसंघीय मानवअधिकार निकायले माओवादी विद्रोहीहरुले मानवअधिकार हननका कार्य जारी राखेको आरोप लगाएको छ। यसका साथै मानवअधिकार उच्चायुक्तको कार्यालयका अनुसार माओवादी युद्धविरामको दुइ महिनायता नौजनाको हत्या गरिएको सञ्चार माध्यमहरुमा उल्लेख छ।

यसै बीच प्राप्त समाचारमा जनाइए अनुसार,ज्यादती नगरिने भनी आफूले दिएको वचन माओवादीहरूले पालना नगरेको उक्त कार्यालयको भनाई छ। माओवादीहरुले सरकारसंग युद्धविराम गरी शान्ति प्रक्रियामा सहभागी भएयता उनीहरुका मानवअधिकार रेकर्डका बारे राष्ट्रसंघीय निकायले चासो सार्वजनिक गरेको यो पहिलो अवसर हो। यसका साथै माओवादी नेतृत्वसंग उक्त चासो यसअघि नैं व्यक्त गरिएको तर आफ्नो आश्वासन अनुरुप माओवादीहरुले काम नगरेकोले चिन्ता सार्वजनिक गर्नुपरेको राष्ट्रसंघीय कार्यालयले जनाएको छ। उक्त कार्यालयका अनुसार माओवादीहरुद्वारा नागरिकको अपहरण र पक्राउ जारी राखिएको उल्लेख छ।

यसका साथै कार्यालयका प्रमुख डेभिड जोनसनले भविष्यमा ज्यादतीहरु हुन नदिन र ज्यादती गरेको आरोप लागेकाहरुमाथिको छानबीन गर्न राष्ट्रियस्तरमै एउटा संयन्त्र बनाउन माओवादीहरुलाई आग्रह गर्नुभयो। राष्ट्रसंघको चिन्ता सार्वजनिक हुनुअघि सत्ताधारी दल लगायत विभिन्न क्षेत्रबाट पनि युद्धविराम आचार संहिता विपरित माओवादीहरुद्वारा अपहरण, हत्या, जबर्जस्ती चन्दाजस्ता काम भइरहेको भनी आलोचना गरिएको थियो। यसै क्रममा यही सोमबारदेखि काम थालेको आचार संहिता अनुगमन समिति सक्रिय भएपछि त्यस्तो घटनामा कमी आउने अपेक्षा गरिएको प्राप्त समाचारहरुमा जनाइएको छ।

Comments »

The URI to TrackBack this entry is: http://laliguras.blogsome.com/2006/06/28/p629/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.


लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons