जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति !

June 28, 2006

उच्चस्तरिय आयोगद्वारा जनआन्दोलन दबाउनेहरुको छानविनको क्रममा पूर्व शाही सरकारका तीन मन्त्रीहरुसंग बयान

२८जुन२००६(एजेन्सीहरु)- जनआन्दोलन दबाउन गरिएको भनिएको ज्यादतीका बारे छानविन गर्न गठन गरिएको उच्च स्तरीय जाँचबुझ आयोगले पूर्व शाही सरकारका तीनजना मन्त्रीहरुसंग बयान लिएको प्राप्त समाचारहरुमा जनाइएको छ। यसै क्रममा प्राप्त समाचारमा जनाइए अनुसार,तत्कालीन मन्त्रीपरिषदका उपाध्यक्ष डा तुलसी गिरी, वरिष्ठ मन्त्री बद्रीप्रसाद मण्डल र सहायक मन्त्री नृक्षसम्शेर राणासँग आयोगले मंगलवार छुट्टा-छुट्टै बयान लिएको थियो।

आयोगका सदस्य हरीहर विरहीले बयान लिइएका पूर्व मन्त्रीहरुलाई दोषमुक्त नगरिएकोले उनीहरूलाई बयानका लागि फेरि बोलाउन सकिने बताउनुभयो। यसका साथै श्री विरहीका अनुसार शाही सत्ताका अरू बरिष्ठ अधिकारीहरूसंग पनि केहि दिनमैं वयानको क्रम शुरु गरिने छ। डा. गिरी र बयान दिने अन्य मन्त्रीहरुले जनआन्दोलन दबाउन आफ्नो कुनैपनि भूमिका रहेको कुरा ठाडै अश्वीकार गरेका समाचारहरुमा उल्लेख छ।

यसका साथै जनआन्दोलन दबाउन ज्यादति गरिएका भनिएका ठाउंहरुको स्थलगत भ्रमण र त्यहाँ मानिसहरुसंग भेट गरि तथ्य संकलन गरेपछि जाँचबुझ आयोगले तत्कालिन सरकारका अधिकारीहरुसंग बयान लिन शुरू गरेको हो।आयोगले ज्यादती गरेको दोषी पाइएकाहरुमाथि कारबाहीको सिफारिश गर्नेछ। दुई महिनाको म्याद पाएको आयोगले डेढ महिना गुजारी सकेकोले आयोगको म्याद थपिने निश्चित रहेको सञ्चार माध्यमहरुमा उल्लेख छ।

Comments »

The URI to TrackBack this entry is: http://laliguras.blogsome.com/2006/06/28/p628/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.


लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons