जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति !

June 27, 2006

बृटिश युवराज चार्ल्सद्वारा भिक्टोरीय क्रसको १५०औं वर्षगाँठका अवसरमा दुई नेपालीहरुलाई सम्मान-पदकद्वारा विभूषित

२७जुन२००६(एजेन्सीहरु)-बृटिश युवराज चार्ल्सद्वारा बहादुरीका लागि दिइने सर्बोच्च बृटिश पदक भिक्टोरीय क्रसको १५०औं वर्षगाँठका अवसरमा सो पदक विजेताहरुप्रति सम्मान व्यक्त गर्नुभएको प्राप्त समाचारहरुमा जनाइएको छ। यसै क्रममा प्राप्त समाचारमा जनाइए अनुसार,लण्डनको वेष्टमिन्स्टर एबीमा सोमवार आयोजित समारोहमा भिक्टोरीय क्रस प्राप्त गर्ने जीवित रहेका १२ जनामध्ये आठजनाको उक्त समारोहमा उपस्थिति थियो। तिनमा दुई जना नेपाली लक्षिमन गुरुङ र रामबहादुर लिम्बु पनि हुनुहन्थ्यो। अठासी वर्षीय भूतपूर्व राइफलम्यान लक्षिमन गुरूङले दोश्रो विश्व युद्धमा एउटा आँखा गुमाएपछि पनि २०० जापानी सैनिकहरू विरूद्ध एक्लै लड्नु भएको थियो। त्यसैगरी श्री लिम्बुले चाहीँ सन् १९६५ मा बोर्नियोमा आफ्ना २०० साथीहरूलाई बचाए बापत भिक्टोरिया क्रस पाउनुभएको हो।सो पदकद्वारा विभूषित अन्य दुईजना नेपालीहरूको उमेर हाल ८० वर्षको हाराहारीमा रहेको छ। यसका साथै उहाँहरूलाई बर्मामा भएको कारवाहीका क्रममा प्रदर्शन गरेको बहादुरी बापत सो पदक प्रदान गरिएको थियो। यसै बीच उहाँहरू मध्ये एकजनाले आफ्ना सम्पूर्ण साथीहरू मारिइसकेपछि पनि हमला जारी राख्‍नु भएको थियो भने अर्कोले कब्जामा परेको बंकरमाथि जापानीहरूले गरेका प्रत्याक्रमणलाई निस्तेज पार्नुभएको थियो।

यसका साथै सन् १८१५ मा पहिलो पटक नेपाली गोर्खा सैनिकहरूलाई बृटिश सैन्यमा भर्ना गरिएको थियो। तर हालैका वर्षहरूमा ति सैनिकहरूको पेन्सन र अवकाशसित सम्बन्धित विषयहरूमा लण्डनसित विवाद चलिरहेको छ। यसै क्रममा भिक्टोरिया क्रसबाट विभूषित क्याप्टेन लिम्बुले बृटेनमा जन्मेका सैनिकहरू समान पेन्सन अधिकारको माग गर्दै हालै प्रधानमन्त्री टोनी ब्लेयरसमक्ष ज्ञापन पत्र पेश गर्न गएको समूहको नेतृत्व गर्नुभएको थियो।

यसै बीच हालै बृटिश सरकारले गोर्खा सैनिकहरूको पेन्सन लगायत नागरिकताको अधिकारहरूमा सुधार गरेको छ तर त्यस्तो अधिकार सन् १९९७ पछि अवकाश लिनेहरूका हकमा मात्र लागु भएको छ। त्यसैगरी केही समयअघि सयौं अवकाशप्राप्त गोर्खा सैनिकहरूले जापानी शिविरमा बन्दी जीवन बिताउनु परेबापत लण्डनबाट प्रतिव्यक्ति करिब १७,००० डलर क्षतिपूर्ती प्राप्त गरेका थिए।यसै क्रममा उच्च बेरोजगारी दर रहेको नेपालमा ग्रामिण भेकका कयौं युवाहरू अझै पनि बृटिश गोर्खा सैनिकमा भर्ना गर्नका लागि सञ्चालन गरिने निकै कठिन प्रतियोगिताहरूमा ताँती लाग्ने गर्छन्। तर हाल शान्तिवार्तामा सरिक माओवादी विद्रोहीहरूले उक्त भर्ना प्रणालीको अन्त्य गर्न चाहेको बताएका सञ्चार माध्यमहरुमा उल्लेख छ।

Comments »

The URI to TrackBack this entry is: http://laliguras.blogsome.com/2006/06/27/p626/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.


लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons