जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति !

June 27, 2006

एमाले महासचिवद्वारा विद्रोहीहरू एमालेलाई पन्छाउन लागि परेको आरोप

२७जुन२००६(एजेन्सीहरु)-नेकपा एमालेका महासचिव माधवकुमार नेपालद्वारा माओवादी विद्रोहीहरू एमालेलाई पन्छाउन लागि परेको आरोप लगाउनुभएको सञ्चार माध्यमहरुमा उल्लेख छ। यसै बीच प्राप्त समाचारमा जनाइए अनुसार,श्री नेपाल एमालेको भेरी अञ्चल समन्वय कमिटिद्वारा आयोजीत अञ्चलस्तरीय कार्यकर्ता प्रशिक्षणको क्रममा नेपालगंजमा माओवादी विद्रोहीहरू र एमालेबीचको पछिल्लो आरोप प्रत्यारोपका बारे टिप्पणी गर्दै हुनुहुन्य्यो। उहांले कार्यकर्तालाई होशियार गराउंदै भन्नुभयो, “[माओवादीहरु] गाउं, गाउंमा तपाईंको घरमा आउलान, खासखुस गर्लान, भ्रमित पार्लान, यि कुनै जालझेलमा नपर्नुहोला। यसका साथै यि सब जालीमाल विक्री गर्ने तत्वहरू हुन्।” त्यसैगरी सरकार-विद्रोही शीर्ष वार्ताको निश्कर्षका विषयमा सात दलबीच आरोप-प्रत्यारोप चलिरहंदा श्री नेपाल बल्खुमा दुइ दिनसम्म भएको सात दलको बैठकले त्यस्तो मनमुटावको अन्त्य गरेको बताउनुभएको उल्लेख छ।

यसका साथै श्री नेपालको भनाई थियो, “सात दलको एकता टुट्दैन, त्यो कायम रहन्छ।श्री नेपालले राजनीति पार्टीहरूबीचको सम्बन्ध विश्वासमा आधारीत हुने बताउंदै विद्रोहीहरूसंग विश्वासको संकट भैदिएको भए उनीहरूसंग आफूहरूको सम्बन्ध रहने थिएन भन्नुयो।यसै क्रममा विगत केही समयदेखि विद्रोहीहरू र नेकपा एमालेबीच एकआपसमा चलेको आरोप-प्रत्यारोप र आलोचनात्मक टिका-टिप्पणीले आपसी सम्बन्ध र शान्ति प्रकृयामा असर नर्पाने श्री नेपालले बताउनुभयो।”यति सानो चित्त भएका कोही पनि छैनन्, सबै राजनीतिमा खली खाएकाहरू छन्,” उहाँले भन्नुभयो। साथै श्री नेपालले आइतवार माओवादी विद्रोही नेता प्रचण्ड र अर्का नेता बाबुराम भट्टराईसंग भएको भेटमा मुलुकलाई सुरक्षित दिशामा अगाडी लिएर जाने विषयमा छलफल भएको बताउनुभयो।

Comments »

The URI to TrackBack this entry is: http://laliguras.blogsome.com/2006/06/27/p625/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.


लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons