नेपालका प्रधानमन्त्री कोइराला भारत भ्रमणमा,नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री मनमोहन सिंहद्बारा स्वागत

७जुन२००६(एजेन्सीहरु)-नेपालका प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला भारत भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ र साथै प्रधानमन्त्री कोइरालालाई भारतको नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री मनमोहन सिंहले स्वागत गर्नुभएको प्राप्त समाचारहरुमा जनाइएको छ। त्यसैगरी सञ्चार माध्यमहरुमा जनाइए अनुसार,प्रधानमन्त्रीको नेतुत्वको उच्चस्तरीय सरकारी टोली भारत सरकारको निमन्त्रणामा ४ दिने भ्रमणमा त्यसतर्फगएको हो । दोश्रो जनआन्दोलनबाट सात दलको सरकार बनेपछि प्रधानमन्त्री कोइराला पहिलो पटक विदेश भ्रमणमा जान लाग्नु भएको उल्लेख छ। त्यसैगरी दीर्घकालिन र विवादास्पद सन्धि सम्झौता नभई भ्रमण आर्थिक एजेन्डामा मात्र केन्द्रित हुने बताइएको छ । (more…)

गृह पृष्ठ
