जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति !

June 6, 2006

आन्तरिक विवादमा अल्झेको एकताकेन्द्र मसालको बैठक विना निष्कर्ष, महाधिवेशनमा जाने तयारी

६जुन२००६(एजेन्सीहरु)- आन्तरिक विवादमा अल्झेको नेकपा एकताकेन्द्र-मसालको बुटवलमा भएको केन्द्रीय समितिको बैठक विना निष्कर्ष टुंगिएको प्राप्त समाचारहरुमा जनाइएको छ। त्यसैगरी सञ्चार माध्यमहरुमा जनाइए अनुसार,महामन्त्री मोहन विक्रम सिंहको कारण बैठक निष्कर्षहिन हुनपुगेको पार्टीभित्र तेस्रो धारका रुपमा देखिएको समूहका नेताले बताएका छन् ।यसका साथै तेस्रो समूहका नेता राजवीरले बैठकमा महामन्त्री सिंहले राजनीतिक प्रस्ताव पनि नल्याएको र आफूहरुले प्रस्तुत गरेको प्रस्ताव निर्णयार्थ प्रस्तुत नगरी बैठकलाई निष्कर्षहीन बनाएको बताउनुभयो ।त्यस्तै ‘यो महामन्त्रीको असफलता हो’-राजविरले भन्नुभएको उल्लेख छ। (more…)

प्रधानमन्त्री कोइरालाद्बारा मन्त्रिपरिषद् विस्तार

६जुन२००६(एजेन्सीहरु)-नेपालमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको अध्यक्षतामा गठित वर्तमान मन्त्रिपरिषदमा तीन मन्त्री थपिएका संचार माध्यमहरुमा उल्लेख छ। त्यसैगरी समाचारहरुमा उल्लेख भए अनुसार,प्रधानमन्त्री कोइरालाले सोमवार नियुक्त गर्नुभएका मन्त्रिपरिषद्का नयाँ सदस्यहरुमा नेपाली कांग्रेस -प्रजातान्त्रिकका ज्ञानेन्द्रबहादुर कार्की जलस्रोत, जनमोर्चा नेपालका गिरिराजमणि पोख्रेलले उद्योग, बाणिज्य तथा आपुर्ति एवं सद्भावना -आनन्दीदेवी का हृदयेश त्रिपाठीले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्नुहुने स्रोतहरुले जनाएका छन् ।यसका साथै झण्डै एक महिनाको बीचमा तेस्रोपटक भएको यो पुनर्गठनसँगै वर्तमान मन्त्रिमण्डलले पूर्णता पाएको जनाइएको छ ।


लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons