जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति !

June 5, 2006

नेपालमा सरकार र विद्रोही बीचको दोस्रो चरणको वार्ता यसै साता हुने

एजेन्सीहरु)-नेपालमा सरकार विद्रोही बीचको दोस्रो चरणको वार्ता यसै साता हुने भएको प्राप्त समाचारहरुमा जनाइएको छ। त्यसैगरी समाचारहरुमा जनाइए अनुसार, मन्त्रिपरिषद बैठकपछि राजधानी काठमाडौंमा संचारकर्मीहरुसँग कुरा गर्दै वार्ता टोलीका सदस्य एवं मन्त्री प्रदीप ज्ञावालीले यसैसाता विद्रोहीसँग वार्ता हुने बताउनुभएको जनाइएको छ। यसका साथै विद्रोहीसँग कुरा गरेर वार्ता स्थल र मिति तय गर्ने पनि ज्ञावालीले जानकारी दिनुभएको छ। मन्त्रिपरिषदको बैठकले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको भारत भ्रमणको एजेण्डा तय गर्ने आशा गरिएको भए पनि त्यसका लागि भोलि बिहान छुट्टै बैठक बस्ने भएको उल्लेख छ।

नेपालमा सर्वोच्च अदालतको आदेशद्बारा शाही सरकारका तीन मन्त्रीलाई थुनामुक्त

(एजेन्सीहरु)-नेपालमा शाही सरकारका तीन मन्त्रीलाई सर्वोच्च अदालतले थुनामा राख्न पर्याप्त आधार र कारण नदेखिएको भन्दै थुनामुक्त गर्ने आदेश दिएपछि पूर्वमन्त्री श्रीश शमशेर राणा र निक्षशमशेर राणा आइतबार अपराह्न मुक्त भएका प्राप्त समाचारहरुमा जनाइएको छ। त्यसैगरी सञ्चार माध्यमहरुमा जनाइए अनुसार,अर्का पूर्वमन्त्री रमेशनाथ पाण्डे भने अस्वस्थताका कारण केही दिन अघिदेखि अस्पतालमा हुनुहुन्छ। सर्वोच्च अदालतको संयुक्त इजलासले शाही सरकारका तीन मन्त्रीहरु रमेशनाथ पाण्डे, श्रीश शमशेर राणा र निक्षशमशेर राणाले आफूहरुलाई गैरकानुनी थुनामा राखेको दावी गर्दै राखेको रिट निवेदनमा सुनुवाई गर्दै यो फैसला गरेको हो। (more…)

नेपालमा जनआन्दोलनका क्रममा ज्यान गुमाउने २१ जनालाई औपचारिक रुपमा सहिद घोषणा

(एजेन्सीहरु)-नेपालमा मन्त्रिपरिषदको बैठकले जनआन्दोलनका क्रममा ज्यान गुमाउने २१ जनालाई औपचारिक रुपमा सहिद घोषणा गरेको प्राप्त समाचारहरुमा जनाइएको छ। त्यसैगरी सञ्चार माध्यमहरुमा जनाइए अनुसार, मन्त्रिपरिषदको बैठकले सहिदका आश्रति परिवारलाई सबै प्रकारको सहायता जिल्ला प्रशासन कार्यालयमार्फ उपलव्ध गराउने भएको छ। यसका साथै माघ १९ यताका सबै सरुवा, बढुवा र नियुक्तिसमेत खारेज गरेको बुझिएको छ। १९ यताको अवधिमा देशभरमा ११ हजार बढी कर्मचारी नियुक्ति गरेको र सो सबै बदर गरिएको समाचारहरुमा उल्लेख छ।

प्रतिनिधिसभा नियमावली प्रस्तुत भएन, दरबार हत्याकाण्ड छानबिनको माग

प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रतिनिधिसभा नियमावली प्रस्तुत हुन सकेन। बैठकमा सांसदहरुले ५ वर्षअगाडि भएको दरबार हत्याकाण्ड छानबिनका लागि संसदीय समिति बनाउनु पर्ने माग गरेका छन्।

राजाका अधिकारहरुको कटौती गर्दै संसदलाई शक्तिशाली बनाउने जेठ ४ गतेको प्रतिनिधि सभा घोषणालाई वैधानिकता दिनका लागि निर्माण गरिनु पर्ने नियमावली आइतबारको बैठकमा पेश हुने तयारी भएको थियो। तर आइतबारको संसदीय कार्यसूचीमा त्यसलाई प्रस्तुत गरिएको छैन। (more…)


लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons