माओवादी नेताहरूद्वारा भारतीय राजदूत संग भेट
२९जुन२००६(एजेन्सीहरु)- माओवादीका शीर्ष नेता बाबुराम भट्टराई र प्रवक्ता कृष्ण बहादुर महराले भारतीय राजदूत शिवशंकर मुखर्जीसंग भेट गर्नुभएको प्राप्त समाचारहरुमा जनाइएको छ । यसका साथै राजदूतावासका प्रवक्ता गोपाल वाग्लेले राजदूत-माओवादी वार्ता समसामयिक स्थितिमा केन्द्रित रहेको भन्ने बाहेक थप जानकारी दिन अस्वीकार गर्नुभयो। तर माओवादी प्रवक्ता महराले भने केही खुलेर जानकारी दिनुभएको थियो। यसैबीच उहांले राजदूत मुखर्जीले लोकतान्त्रिक प्रक्रियालाई संस्थागत गर्ने र वार्ताबाट एउटा निष्कर्षमा पुग्ने जस्ता बिषयमा भारतको सकारात्मक सहयोग रहने धारणा व्यक्त गर्नुभएको बताउनुभएको समाचारहरुमा जनाइएको छ । (more…)

गृह पृष्ठ
