जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति !

May 31, 2006

अरब बैंक लुट्ने प्रयास विफल, गोली हानाहानमा बैंक गार्डसहित तीनको मृत्यु

दुइ लुटेरा ठाउँकोठाउँ पक्राउ, घटनास्थलबाट २६ लाख र तीन पेस्तोल बरामद

काठमाडौं । आज विहान एघार बजे जोरपाटीस्थित नेपाल अरब बैंक लुट्ने प्रयास असफल भएको छ । बैंक लुट्ने योजनासहित सात जनाको लुटेरा समुहले किया कम्पनीको माइक्रो बस रिजर्भ गरी बैंक लुट्न पुगेका थिए । हतियारसहित बैंक लुट्ने क्रममा बैंकभित्र प्रवेश गरि एक झोला पैसासहित बाहिर निस्कन लाग्दै गर्दा बैंकका सेक्यूरीटी गार्डले लुटेराको समूहमाथि प्रतिकार गरेका थिए । प्रतिकारका क्रममा लुटेराको समुहले प्रहार गरेको गोली लागि बैंकका सेक्यूरीटि गार्ड तेजबहादुर थापा -पूर्व प्रहरी हवल्दार) मारिएका छन् भने अर्का दुइ जनाको पनि प्रतिकारका क्रममा मृत्यु भएको बताइएको छ । ती व्यक्तिको बैंकका सेक्यूरीटी गार्डले चलाएको गोली लागेर मृत्यु भएको हो । दोहोरो गोली हानाहान भएपछि केहीबेर बैंक परिसर आतंकित भएको थियो । घटनास्थलबाट सुरक्षाकर्मीले दुइ थान पेस्तोल र २५ लाख ५४ हजार ८२ रुपैयाँसहितको झोला फेला पर्न सफल भएको बताइएको छ । मारिने अन्य दुइ जनामा प्रेमबहादुर तामाङ र छेवाङ बहादुर लामा रहेको बुझिएको छ ।
प्राप्त जानकारी अनुसार सात जना लुटेराको समुह मध्ये पाँच जना बैंक छिरेको र दुइ जना माइक्रो बसमै बसेका थिए । मारिने मध्येका एक जना माइक्रो वसकै चालक छेवाङ बहादुर तामाङ रहेका छन् । सुरक्षाकर्मीले सशस्त्र लुटेराको सातजनाको समुह मध्ये दुइ जनालाई पैसासहित समात्न सफल भएको र समातिनेहरुमा देवराज भट्टर्राई र अजय र्राई रहेका छन् । भट्टर्राई सशस्त्र प्रहरीका भगौडा हवल्दार हुन् भने र्राई रामेछाप जिल्लाका पूव माओवादी कमाण्डर भएको बुझिएको छ । अहिले चावहिलदेखि जोरपाटीसम्मका क्षेत्रमा सवारी साधन सञ्चालनमा रोक लगाउँदै लुटेराहरुको व्यापक र्सच अभियान थालिएको छ । घटनास्थल भन्दा निकै पर अर्का एक कटुवा पेस्तोल फेला परेको प्रहरीले जनाएको छ ।
पछिल्ला दिनमा राजधानीमा दिनहुँ लुटपाटका घटना भइरहेका छन् । लुटपाटका घटनामा धेरैथरीले धेरैथरी आशंका गरेका छन् । कोही लुटपाटमा नितान्त पेशेवर लुटेराको समूह सक्रिय रहेको बताउँछन् भने कोही राजधानीमा अत्याधिकरुपमा छिरेका माओवादीभित्रको पनि शंकाष्पद समूहले लुटपाट मच्याएको आरोप लगाइरहेका छन् । त्यसो त सात दलको सरकारलाई असफल तुल्याउन र माओवादीलाई शान्तिवार्तामा आउन नदिने तत्वको इशारामा जनतालाई आतंकित र भयभित पार्ने योजना मुताविक यस्तो अपाराधिक क्रियाकलाप मच्याइएको पनि बताइन्छ ।
स्मरणीय छ, २०१७ सालपछि पनि दरवारिया तत्वले कांग्रेसले लुटपाट मच्याएको भ्रम र्छने काम भएको थियो ।

Comments »

The URI to TrackBack this entry is: http://laliguras.blogsome.com/2006/05/31/p563/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.


लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons