जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति !

May 31, 2006

आमाको नामबाट समेत नागरिकता पाउने

नेपालमा महिलाहरुलाई अधिकार सम्पन्न बनाउने प्रस्तावलाई प्रतिनिधिसभाको बैठकले पारित, बिहे नगरेकी केटीले जन्माएको बच्चाले पनि नागरिकता पाउने

(एजेन्सीहरु)-नेपालमा विभेदको अन्त्य गर्दै महिलाहरुलाई अधिकार सम्पन्न बनाउने एउटा प्रस्तावलाई मंगलबारको प्रतिनिधिसभाको बैठकले पारित गरेको छ।यसैगरि सामन्ती व्यवस्था हटाउने र समानुपातिक सहभागिता बढाउने सो प्रस्तावमा आमाको नामबाट समेत नागरिकता पाउने व्यवस्था गरिएको संचार माध्यमहरुमा जनाइएको छ । त्यसैगरी प्राप्त समाचारहरुमा अनुसार, एमाले सांसद विद्यादेवी भण्डारीले प्रस्तुत गर्नुभएको जरुरी र्सार्वजनिक महत्वको सो प्रस्तावलाई प्रतिनिधिसभा ग्यालरी हलमा उपस्थित सम्पूर्ण सांसदहरुले एकमतले पारित गरेका थिए।

यसैगरि महिला अधिकारको सुनिश्चितता गर्ने सो प्रस्तावको मर्मअनुसार कानून बनाउन सरकारलाई निर्देशन दिएको छ। यसै क्रममा पारित प्रस्तावको भावनाले नेपाली समाजको परम्परागत पितृसत्तात्मक संरचनाको अन्त्य गरेको छ भने कुमारी आमाको अवधारणालाई बल पुगेको जनाइएको छ । बिहे नगरेकी केटीले जन्माएको बच्चाको वा वादी जस्ता प्रथामा हुर्किएका महिलाले जन्माउने बालबालिकाले पनि नागरिकता पाउन सक्नेछन्।

यसैगरि प्रस्तावमा राज्यका सबै संरचनामा कम्तिमा एक तिहाई स्थानमा महिलालाई समेटिनुपर्ने व्यवस्था गरिएको छ। अहिले नेपालको राज्यसंरचनामा करिब पाँच प्रतिशत महिला रहेका छन्। महिला अधिकारकर्मीहरुले प्रतिनिधिसभाले मंगलबार पारित गरेको प्रस्तावलाई ‘ऐतिहासिक उपलब्धि’ भनी टिप्पणी गरेका छन्।साथै उनीहरुले प्रस्तावलाई आमाको अस्तित्वको कानूनी स्वीकारोक्ति भएको जनाएका छन्।यसै क्रममा जनआन्दोलनको म्यान्डेडलाई कार्यान्वयन गर्न बनेको संसदले पारित गरेको प्रस्तावपछि अब विभेदकारी कानूनहरु संशोधन अथवा खारेज गर्नुपर्ने भएको प्राप्त समाचारहरुमा जनाइएको छ।

Comments »

The URI to TrackBack this entry is: http://laliguras.blogsome.com/2006/05/31/p562/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.


लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons