जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति !

May 31, 2006

नेपालमा सरकार तथा विद्रोहीद्बारा शान्ति प्रक्रियामा राष्ट्रसंघलाई सहभागी गराउने बारे आउंदो चरणको वार्तामा छलफल गरिने

(एजेन्सीहरु)-नेपालमा सरकार तथा विद्रोही दुवैपक्षले हालै शुरु भएको शान्ति प्रक्रियामा संयुक्त राष्ट्रसंघलाई सहभागी गराउने बारे आउंदो चरणको वार्तामा छलफल गरिने बताएका प्राप्त समाचारहरुमा जनाइएको छ। त्यसैगरी समाचारहरुमा उल्लेख भए अनुसार,राष्ट्रसंघलाई के-कस्तो जिम्मेवारी दिईने हो भन्नेबारे चाहिं तय भैनसकेको उनीहरुको भनाई छ।साथै गत शुक्रबार काठमाण्डौको गोकर्णमा नेपाल सरकार तथा माओवादी विद्रोहीहरुबीच भएको पहिलो वार्तापछि जारी २५ बूंदे आचारसंहितामा दुवै पक्ष आपसी सहमतिका आधारमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाद्वारा युद्धविरामको अनुगमन गराउन सहमत भएका थिए। तर ति संस्थाहरू कुन कुन हुन सक्छन् भन्ने चाहिं खुलाइएको थिएन।

यसैगरि संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री एवं सरकारी वार्ता टोलीका एकजना सदस्य प्रदीप ज्ञवालीले अर्को चरणको वार्तामा युद्धविरामको अनुगमनका लागि राष्ट्रसंघलाई अनुरोध गर्ने बारे छलफल गरिने बताउनुभयो।साथै राष्ट्रसंघको भूमिका के हुने भन्ने बारे चाहिं छलफलबाट तय हुने उहाँले जनाउनुभएको उल्लेख छ ।

यसै बीच अर्को प्राप्त समाचारमा जनाइए अनुसार, विद्रोहीमाओवादीको वार्ता टोलीका एकजना सदस्य दीनानाथ शर्माले पनि यसबारे सरकारी टोलीसंगको आउँदो वार्तामा छलफल हुने जानकारी दिनुभयो।’’संयुक्त राष्ट्रसंघले अनुगमन गर्दा हामीलाई आपत्ति छैन भन्ने कुरामा हामी सबै सहमत छौं। तर ठोस रुपमा यसबारे हाम्रो निर्णय गर्न वाँकि नै छ।साथै वार्ताको अर्को चरणमा हामी त्यसबारे निर्णय गर्छौं।’’संयुक्त राष्ट्रसंघले नेपालको शान्ति प्रकृयामा सघाउन आफू तत्पर रहेको बताउँदै आएको उल्लेख छ ।

यसैगरि गएको महिना नेपालको भ्रमणमा आउनुभएका राष्ट्रसंघका एकजना उच्च अधिकारी टाम्राट स्यामुअलले शान्ति प्रकृयामा राष्ट्रसंघको भूमिका बारे छलफल भैरहेको बताउनुभएको थियो।यसै क्रममा उहाँले वरिष्ठ सरकारी अधिकारीहरू विभिन्न राजनीतिक दलका नेताहरू तथा भारतको राजधानी दिल्लीको समेत भ्रमण गरि राष्ट्रसंघको सम्भाव्य भूमिका बारे परामर्श गर्नुभएको उल्लेख छ ।

Comments »

The URI to TrackBack this entry is: http://laliguras.blogsome.com/2006/05/31/p561/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.


लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons