त्रिभुवन विश्वविद्यालयका उपकुलपति तथा शिक्षाध्याक्षद्बारा पदबाट राजिनामा
२९मे२००६-(एजेन्सीहरु)-नेपालमा त्रिभुवन विश्वविद्यालयका कर्मचारीहरुद्बारा असोज १८ गते पछि नियुक्त भएका पदाधिकारीहरुको राजिनामा माग गर्दै आन्दोलन चर्काएपछि त्रिभुवन विश्वविद्यालयका उपकुलपति तथा शिक्षाध्याक्षद्बारा पदबाट राजिनामा दिएका प्राप्त समाचारहरुमा जनाइएको छ।
त्यसैगरी सञ्चार माध्यमहरुमा उल्लेख भए अनुसार,उपकुलपति प्राध्यापक डा गोबिन्दप्रसाद शर्मा र शिक्षाध्यक्ष प्राध्यापक डा महेन्द्र सिंहको राजीनामा माग गर्दै आएका कर्मचारीहरुले दुवैलाई कार्यकक्षमा प्रवेश गर्न नदिए पछि राजीनामा दिनुभएको हो। त्यसैगरी आन्दोलनरत कर्मचारीहरुले उपकुलपति शर्मालाई सोमबार कार्यलय प्रवेश गर्न रोक लगाउनुको साथै गाडीको साँचो खोसेर फर्काइदिएका जनाइएको छ।
यसका साथै यसअघि नै रिजष्टार गिताभक्त जोशीले पदबाट राजिनामा दिइसक्नु भएको छ। आन्दोलरत कर्मचारीहरुले विश्वविद्यालयको अनुदान आयोगका अध्यक्ष लगायत असोज १९ पछि नियुक्त भएका सबै पदाधिकारीहरुको राजिनामाको माग गर्दै आन्दोलन गरिरहेका छन्। साथै विश्वविद्यालय कर्मचारीहरुले त्रिविविका पदाधिकारीहरुले जनआन्दोलनको बेला कर्मचारीहरुलाई अनिवार्य रुपमा कार्यालयमा उपस्थित हुन गराएको र शाही सरकारको सहयोग गरेको अरोप लगाएका समाचारहरुमा उल्लेख छ।

गृह पृष्ठ
