विष्फोटनमा परी चार जना नेपाली सैनिकको मृत्यु
२९मे२००६-(एजेन्सीहरु)-नेपालमा भोजपुरको रानीबास गाविसस्थित हतुवागडी ब्यारेक नजिक भएको विष्फोटनमा परी चार जना नेपाली सैनिकको मृत्यु भएको प्राप्त समाचारहरुमा जनाइएको छ । त्यसैगरी समाचारहरुमा उल्लेख भए अनुसार,घटनामा एक जना घाइते भएका छन् । नेपाली सेनाको पूर्वी पृतना मुख्यालयका अनुसार भोजपुर सदरमुकामबाट दक्षिणमा पर्ने सो ब्यारेकको सुधारका लागि सरसफाइ गर्दा जमिनमुनीको स्वीच मोर्टार बम विष्फोट भएको हो । बिहान करिब ९.३० बजे भएको सो घटनामा परी मृत्यु हुनेमा सेनाका जवान महेन्द्रकुमार खड्का, भक्तबहादुर सुनुवार, सर्यबहादुर र विनोदमान श्रेष्ठ रहेका छन् । त्यसैगरी ब्यारेकको भवनभन्दा करिब पाँच सय मिटर पर भएको सो विष्फोटनमा घाइते भएको सिपाही मिनबहादुर कुमाललाई उपचारका लागि धरान ल्याइएको छ। यसका साथै माटोको चपरी हटाउने क्रममा भएको सो विष्फोटनको अनुसन्धान भइरहेको सेनाको पूर्वी पृतनाले जनाएको संचार माध्यमहरुमा उल्लेख छ।

गृह पृष्ठ
