छोरालाई प्रतिउत्तर
( कवि अर्जुन पराजुलीको ‘बालाई चिठी’ पढेपछि । )
छोरा !
मेरो सहानुभूति छ
तिम्रो त्यो बेहालमा
मेरो पनि त दुर्गति छ
बाबै, यो पातालमा ।
भयातंक छ यता
सधैं खेदिनुपर्छ मात्र मैले
तिमीलाई जस्तै
मलाई त्रास
मात्र छ अहिले ।
चार सहिदले यता
सधैं दपेट्या-दपेट्यै छन्
सहिदको अर्को लर्कनले
लखेट्या-लखेट्यै छन् ।
कहिले वीपी सात्तो खान्छ,
गणेशमान लात हान्छ
पुष्पलाल र मदन गिज्याउँछन्,
मात्रै सातो जान्छ ।
कति भाग्नु ?
थाकिसकेँ म,
भाग्नै नसकिने भो
तिनीहरू कहिल्यै हार्दैनन्
हामीले नसकिने भो ।
- उषाकिरण तिम्सेना
सरस्वती क्याम्पस, ठमेल, काठमाडौं

गृह पृष्ठ
