जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति !

May 29, 2006

आखिल यूरोप नेपाली एकता समाजद्बारा जनमोर्चा नेपालका अध्यक्ष शेरचनको राजिनामा माग

(एजेन्सीहरु)- नेपालमा आखिल यूरोप नेपाली एकता समाजद्बारा जनमोर्चा नेपालका अध्यक्ष अमिक शेरचनको प्रेस वक्तव्य जारी गरी राजिनामा माग गरेको प्राप्त जारी प्रेस वक्तव्यमा जनाइएको छ।
त्यसैगरी जारी प्रेस वक्तव्यमा उल्लेख भए अनुसार,अमिक शेरचन, पारी थापा,नवराज सुबेदि,लीलामणी जस्ता २,४ जना व्यक्तीहरुले सत्तामा गइ आफ्नो स्वार्थ पुरा गर्न पार्टीको प्रयोग गरिएको देखिएको र यसका साथै अहिलेको यस परिस्थितीमा जनमोर्चा नेपाल सरकारमा जानु भन्दा बाहिरा बस्नु नै पार्टीको सिदान्तत अति राम्रो हुने भएकोले सत्ता लिप्सामा नटासिना पार्टीलाई आहव्न गरिएको जनाइएको छ। यसैगरी वर्तमान सरकारमा जाने वा नजाने विषयमा विबाद उत्पन्न भइपछि जनमोर्चा नेपाल औपचारिक रुपमै शनिबारबाट दुइ टुक्रामा विभाजित थियो । प्राप्त जारी प्रेस वक्तव्यको पूर्ण पाठ तल रहेको छ-

आखिल यूरोप नेपाली एकता समाज

प्रेस वक्तव्य

ऐतिहासिक जन-आनदोलन२०६२-२०६३मा नेपालका आम तह र तप्काका नागरिक मात्र हैन नेपाल बाहिर विश्वका विभिन्न मुलुकहरुमा बस्दै आएका नेपालीहरुले पनि विभिन्न माध्ययमबाट जन आन्दोलनमा सहभागी भए जसले नेपाली जनताको ऐतिहासिक आन्दोलनको विजय भएको छ । आखिल यूरोप नेपाली एकता समाजको तर्फबाट जन-आन्दोलनको क्रममा शहिद हुनु भएकाहरु प्रति भावपुर्ण श्रद्धान्जली अपर्ण्र् गर्दछौ ।

अहिलेको Cabinetमा पनि पुरानो कार्यसैली देखिएको छ,मन्त्रीहरु कर्मचारी सरुवा र बढुवाको नाममा कर्मचारीहरुसँग व्यस्त छन् । कति श्रम विभागको सचिव वा उपसचिवमा बढुवा र सरुवा मिलाउन व्यस्त छन् । गृहमन्त्री कृष्ण सिटौलाले सरुवाबढुवा गर्दा ठुलो रुपमा धनराशी लिने गरेको,चाकडी चापलुसी गर्ने प्रवृत्ति फेरी विकसित भएको कुराहरु संचार माध्यमहरुमा आएको छ । देशको अवयवमा लागेको आन्दोलनका घाउहरु अझै आलै छन् । जन आन्दोलनको क्रममा विभिन्न स्थानमा बगेको सहिदको रगत आलै छ । लोकतन्त्रका लागि लडेका योद्धाहरुको भाँचिएको हात र खुट्टामा भइरहेको पीडामा कुनै कमी आएको छैन। तर, यसैबेला केही मौसमी लोकतन्त्रवादीहरु भने पदमा पुगेकोहरुको चाकडीमा व्यस्त छन् । देशको समस्या एकतिर छ, समाधानको पहलको सट्टा २०४७ देखि २०५८ बीचको गतिविधि दोहोरिने हो भने परिवर्तनको के अर्थ ? प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा गठित सरकारले मन्त्रिपरिषद् विस्तारको नामावली लागि राजदरवार पठाएर वैधानिकता दिन खोजेको र दरवारबाट आएको पत्र सभामुख सुवासचन्द्र नेम्वाङले छलकपटपूर्ण तरिकाले पढेर सार्वभौम सदनलाई गुमराहमा पारीएको छ । तसर्थ वर्तमान सरकारमा जानुको के अर्थ ?

हामी बिदेशमा रही आएका जनमोर्चा नेपाल(एकता केन्द्र मसाल)मा र्समर्थन गर्ने नेपालीहरुलाई जनमोर्चा नेपाल विभाजित भएको समाचारले भावुक बनाएको छ । अमिक शेरचन, पारी थापा,नवराज सुबेदि,लीलामणी जस्ता २,४ जना व्यक्तीहरुले सत्तामा गइ आफ्नो स्वार्थ पुरा गर्न पार्टीको प्रयोग गरिएको देखिएको छ । अहिलेको यस परिस्थितीमा जनमोर्चा नेपाल सरकारमा जानु भन्दा बाहिरा बस्नु नै पार्टीको सिदान्तत अति राम्रो हुने भएकोले सत्ता लिप्सामा नटासिना पार्टीलाई आहव्न गर्दछौ। अमिक शेरचन, पारी थापा, नवराज सुबेदिहरु जस्ता नेताहरुले आफ्ना नातेदारहरुलाई बढुवा र सरुवा मिलाउन,जागिरहरु लगाइदिन,व्यक्तीगत रुपमा आर्थीक सहयोग गराउन लगायत अन्य कार्यहरु गराउन वर्तमान सरकारका प्रधानमन्त्री,मन्त्रीहरु लगायत अन्य माथिल्लो निकायका व्यक्तीहरुसँग चाकडी गरिरहेका र लिलामणिले आफ्ना नातेदारलाई खानेपानीको जिएम बनाउने धुनमा व्यस्त छन् भन्ने समाचारहरुले हामी बिदेशमा रही आएका जनमोर्चा नेपाल(एकता केन्द्र मसाल)मा र्समर्थन गर्ने नेपालीहरुलाई दुखित बनाएको छ ।

यस्ता कृयाकलापहरु सिदान्तत पार्टीको निति विपरित गरिएका कार्यहरु हुन्, अत अमिक शेरचन अध्यक्ष पदबाट तुरुन्त राजिनामा गर्न आहव्न गर्दछौ। पार्टीद्बारा सरकारमा जान गरिएको निर्णयलाई फिर्ता लिन र पार्टीबाट निस्कसित गरिएको,असन्तुस्ट भइ विभाजित भएका भन्नेहरुलाई पुरानै स्थान दिन तथा पार्टीलाई १२ बुदे समजदारी अनुरुप अगाडि बदन्,सरकार र विद्रोही माअ�ोवादी बीचको शान्ति वार्ता सफल बनाउन सहयोग तथा पार्टीको भूमिका स्पष्ट पर्न एवम सबिधान सभाको निर्वाचनलाई सफल बनाउन हार्दिक आहव्न गर्दछौ। धन्यवाद !

मिति-२८मे२००६

बिकास भट्टराई
अध्यक्ष
आखिल यूरोप नेपाली एकता समाज,जर्मनी

Comments »

The URI to TrackBack this entry is: http://laliguras.blogsome.com/2006/05/29/janamorcha/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.


लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons