नेपालमा आन्दोलनरत सात राजनितिक दलहरुद्बारा स्थानीय निकाय पुनस्थापित गर्ने निर्णय
(एजेन्सीहरु)- नेपालमा आन्दोलनरत सात राजनितिक दलहरुका शीर्ष नेताहरुको आइतबार अपरान्ह बसेको बैठकले स्थानीय निकाय र पुनस्थापित गर्ने निर्णय गरेको संचार माध्यमहरुमा उल्लेख छ।
त्यसैगरी समाचारहरुमा उल्लेख भए अनुसार,प्रधानमन्त्री निवास वालुवाटारमा आइतबार अपरान्ह बसेको सात दलको शीर्ष नेताहरुको बैठक पछि पत्रकारहरुसँग कुरा गदै गृह मन्त्री तथा सरकारी वार्ता टोलीका संयोजक कृष्ण प्रसाद सिटौलाले सो जानकारी गराउनुभएको हो। साथै उहाँका अनुसार सरकार र माओवादी विच भएको २५ बुँदे समझदारी र माओवादीसँग हुने दोश्रो बार्ताको बारेमा पनि सातदलका शीर्षस्थ नेताहरुबाट सल्लाह र सुझाव लिएको जानकारी दिनुभयो।
त्यस्तै, बैठकमा प्रतिनिधिरभा नियमावलीलाई आवश्यक संशोधन गरी एकहप्ता भित्रमा पारीत गर्ने निर्णय भएको तथा स्थानिय निकाय पूनबार्हली गर्ने सहमती भएको जनाइएको छ। माओवादीले स्थानिय निकायलाई पुनःर्वहाली गरे त्यो आफ्ना लागि धोका हुने बताइरहेकै बेला सात दलले स्थानिय निकायलाई पुनःर्बहाली गर्ने निर्णय गरेका हुन्।बैठक सकिनुभन्दा पहिल्यै नेकपा एमालेका महासचिव माधव कुमार नेपाल बैठक कक्षबाट बाहिर निस्किनुभएको थियो।यसका साथै महासचिव नेपालले संचारकर्मीहरुसँग कुरा गर्दै स्थानीय निकाय पुनःर्स्थापनाका सम्बन्धमा सात दलहरुवीच सहमति भएको जानकारी गराउनुभयो। उहाँले स्थानीय निकाय पुनःर्स्थापनामा माओवादीहरुले पनि सहमति जनाउने विश्वास ब्यक्त गर्नुभएको जनाइएको छ ।
यसैगरी बैठक पछि नेपाल कांग्रेस प्रजातान्त्रिकका सभापति शेर बहादुर देउवाले स्थानिय नीकाय पुनःर्बहाली सम्बन्धी छलफल भएको र त्यसमा सातदलको एउटै धारणा रहेको जानकारी गराउनुभयो।स्थानीय निकायको रिक्त पदहरु मध्ये निरंकुश सरकारको समयमा नगरपालिकाहरुको चुनाव गराएपनि बर्तमान सरकारले त्यसलाई अमान्य घोषणा गरी सकेको छ।यसका साथै सरकार र माओवादीबीच भएको पहिलो चरणको शान्ति बार्ताबाट जारी गरेको आचार संहितालाई सोमबार बस्ने प्रतिनिधि सभाको बैठकबाट पारित गर्ने निर्णय पनि बैठकले गरेको प्राप्त समाचारहरुमा जनाइएको छ।
सप्पन के.सी

गृह पृष्ठ
