सात सदस्यीय मन्त्रीमण्डल गठन
काठमाणडौं, बैशाख 19
प्रधानमन्त्री गिरीजा प्रसाद कोईरालाले पछी बिस्तार हुने गरी सात सदस्यीय मन्त्रीमण्डल गठन गर्नु भएको छ। पहिले भनिए जस्तो सात दलको प्रतिनिधित्व भनेकोमा मौजुदा मन्त्री परीषदमा चार दलको मात्र सहभागिता भएको छ। प्रम कोईरालाले महत्वपूर्ण मन्त्रालयहरुमा नेकांको मान्छे ल्याउनु भएको मात्रै नभई रक्षा र संचार जस्ता महत्वपूर्ण मन्त्रालय आफै संग राख्नु भएको छ।
उप प्रधानमन्त्रीमा नेकपा (एमाले)का नेता खड्ग प्रसाद शर्मा ओली नियुक्त हुनुभएको छ।
मौजुदा मन्त्रिपरीषद यस प्रकार रहेको छ।:
गिरीजा प्रसाद कोईराला (नेका) प्रधानमन्त्री
खड्ग प्रसाद शर्मा ओली (नेकपा-एमाले) उप प्रधानमन्त्री एबं परराष्ट्र
कृष्ण प्रसाद सिटौला (नेका) मन्त्री - गृह
राम शरण महत(नेका) मन्त्री - अर्थ
महन्त ठाकुर (नेका) मन्त्री - कृषी तथा सहकारी
गोपाल मान श्रेष्ठ(नेका-प्र) मन्त्री - भौतिक योजना तथा निर्माण
प्रभु नारायण चौधरी(वाम मोर्चा) मन्त्री - भुमि सुधार

गृह पृष्ठ
