अरब बैंक लुट्ने प्रयास विफल, गोली हानाहानमा बैंक गार्डसहित तीनको मृत्यु
दुइ लुटेरा ठाउँकोठाउँ पक्राउ, घटनास्थलबाट २६ लाख र तीन पेस्तोल बरामद
काठमाडौं । आज विहान एघार बजे जोरपाटीस्थित नेपाल अरब बैंक लुट्ने प्रयास असफल भएको छ । बैंक लुट्ने योजनासहित सात जनाको लुटेरा समुहले किया कम्पनीको माइक्रो बस रिजर्भ गरी बैंक लुट्न पुगेका थिए । हतियारसहित बैंक लुट्ने क्रममा बैंकभित्र प्रवेश गरि एक झोला पैसासहित बाहिर निस्कन लाग्दै गर्दा बैंकका सेक्यूरीटी गार्डले लुटेराको समूहमाथि प्रतिकार गरेका थिए । प्रतिकारका क्रममा लुटेराको समुहले प्रहार गरेको गोली लागि बैंकका सेक्यूरीटि गार्ड तेजबहादुर थापा -पूर्व प्रहरी हवल्दार) मारिएका छन् भने अर्का दुइ जनाको पनि प्रतिकारका क्रममा मृत्यु भएको बताइएको छ । ती व्यक्तिको बैंकका सेक्यूरीटी गार्डले चलाएको गोली लागेर मृत्यु भएको हो । दोहोरो गोली हानाहान भएपछि केहीबेर बैंक परिसर आतंकित भएको थियो । घटनास्थलबाट सुरक्षाकर्मीले दुइ थान पेस्तोल र २५ लाख ५४ हजार ८२ रुपैयाँसहितको झोला फेला पर्न सफल भएको बताइएको छ । मारिने अन्य दुइ जनामा प्रेमबहादुर तामाङ र छेवाङ बहादुर लामा रहेको बुझिएको छ । (more…)

गृह पृष्ठ
