जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति !

April 28, 2006

संविधान सभामा जाने प्रस्ताव संसदमा प्रस्तुत

परेवा डटकमले आफ्नो अनलाईन संस्करणमा प्रकाशित गरेको समाचार अनुसार, पुनर्स्थापित संसदको पहिलो बैठकमा संविधान सभामा जाने प्रस्ताव प्रस्तुत भएको छ।

प्रस्तावक प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला रहनुभएको छ भने समर्थक सातै दलका संसदीय दलका नेता रहेका छन्। कोइराला उपस्थित नहुनुभएकोले प्रस्ताव उपसभामुख चित्रलेखा यादवले पढ्नु भएको थियो।

उक्त जरुरी महत्त्वको सार्वजनिक प्रस्तावमाथि आइतबार छलफल हुने समय बैठकको अध्यक्षता गरिरहनुभएका चित्रलेखा यादवले गर्दै संसदको बैठक आइतबार ४ बजेसम्मका लागि स्थगित गर्नुभएको छ।

निर्धारित समयभन्दा ढिला सुरु भएको बैठकमा राजदरबारबाट पठाइएका विभिन्न पत्रहरु र प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका पत्र पनि पढेर सुनाइएको थियो। राजदरबारबाट प्राप्त एउटा पत्रमा प्रधानमन्त्रीको नियुक्ति संविधानको धारा ३६ (१) अनुसार भनिएकोमा त्यसलाई सच्याएर नेपाल अधिराज्यको संविधान २०४७ अनुसार भनी मात्र लेखिएको थियो।

Comments »

The URI to TrackBack this entry is: http://laliguras.blogsome.com/2006/04/28/parewa/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.


लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons