संसद अधिवेशन सुरु,प्रधानमन्त्री कोइरालाको शपथ ग्रहण स्थगित
अहिले संसद भवनमा अधिवेशन सुरु भएको छ। प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको ब्रिग्रंदो स्वास्थ्यस्थितिका कारण उहां प्रतिनिधिसभाको बैठकमा उपस्थित हुन सक्नुभएन। सबिंधानसभाको निर्वाचनले बिषयमा हुने छलफलले आज प्रवेश पाउने नपाउने बारेमा अन्योल बढेको छ । नेपाली कांग्रेसका कामु मुख्य सचिव शोभाकर पराजुलीले गिरिजा प्रसाद कोइरालाको अनुपस्थितिमा पनि बैठकमा संविधानसभाले प्रवेश पाउने सम्भावना रहेको बताउनु भयो । प्रतिनिधिसभाको कार्यसुचिको बिषयमा छलफल गर्न दलहरुको बैठक जारी रहेको समाचार सुत्रले बताएको छ ।
प्रधानमन्त्री पदको आज हुने भनिएको शपथ ग्रहण कोइरालाको स्वास्थ्य स्थितिको कारण स्थगित भएको छ । आज विहान ९:४० बजे प्रधानमन्त्री कोइरालाले श्री ५ महाराजसमक्ष शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको थियो ।
डा. मधु घिमिरेको नेतृत्वमा खटिएको चिकित्सक टोलीले कोइरालाको स्वास्थ्य स्थितिमा अझै सुधार आउन नसकेको प्रतिवेदन बिहान दिएको थियो । फोक्सोमा समस्या भएको कारण कोइरालाले अक्सिजन लिनुपर्ने स्थिति छ भने बिहीबार दिउंसो स्लाइन समेत दिनु परेको थियो ।

गृह पृष्ठ
