जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति !

April 26, 2006

सात दलले गरेको पछिल्लो निर्णयको पूर्ण विवरण

२५ अप्रिल २००६
राजाद्धारा प्रतिनिधिसभाको पुनःस्थापना गरेपछि १२ बैशाखमा बसेको आन्दोलनरत सातदलको बैठकले गरेको निर्णयमा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला, नेकपा एमालेका महासचिव माधवकुमार नेपाल, नेपाली कांग्रेस प्रजातान्त्रिकका सभापति शेरबहादुर देउवा, जनमोर्चा नेपालका अध्यक्ष अमिक शेरचन, नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें, नेपाल सद्‌भावना पार्टी आनन्दीदेवीका उपाध्यक्ष भरतविमल यादव, संयुक्त वाममोर्चा नेपालका कार्यवाहक अध्यक्ष विष्णुबहादुर मानन्धरले हस्ताक्षर गर्नुभएको छ। उक्त निर्णय यस्तो छ।

१. निरंकुश शाही सत्ताका सबै प्रकारका दमनकारी काम कारवाहीको सामना गर्दै नेपाली जनताले सञ्चालन गरी आएको ऐतिहासिक शान्तिपूर्ण संयुक्त जनआन्दोलनले अन्ततः पूर्ण लोकतन्त्र तथा दिगो शान्तिको लक्ष्य प्राप्त गर्नेतर्फ अगाडि बढ्न एउटा ठोस आधार प्राप्त गरेको छ। हिजो २०६३ वैशाख ११ गते राजाबाट भएको सार्वजनिक घोषणाले राज्यशक्तिको स्रोत नेपाली जनता भएको र नेपालको सार्वभौमसत्ता एवं राजकीय सत्ता नेपाली जनतामा निहित रहेको र जनआन्दोलनको माध्यमबाट अभिव्यक्त जनभावना र सात राजनीतिक दलहरुद्वारा प्रस्तुत मार्गचित्रलाई स्वीकार्दै शान्तिपूर्ण संयुक्त जनआन्दोलनले उठाएका पूर्ण लोकतन्त्र, दिगो शान्ति लगायतका विषयहरुलाई संबोधन गरेको छ। शान्तिपूर्ण संयुक्त जनआन्दोलनको बलमा प्राप्त प्रारम्भिक चरणको यो महत्वपूर्ण र ऐतिहासिक उपलब्धि हासिल भएको छ र यसको आधारमा लक्ष्यसम्म पुग्ने मार्ग खुला भएको छ। हामी यो घोषणालाई सकारात्मक रुपमा लिंदै स्वागत गर्दछौं।

२. शान्तिपूर्ण संयुक्त जनआन्दोलनले प्राप्त गरेको सफलता जनआन्दोलनमा सहादत प्राप्त गर्नु हुने शहीदहरुको बलिदान, हजारौं घाइतेहरुको योगदान र विभिन्न पेशा, व्यवसाय तथा तप्काका आदरणीय जनसमुदायको निरन्तर सहयोग, समर्थन तथा सहभागिताको परिणाम हो। यस अवसरमा हामी आदरणीय शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दछौं, शहीदका परिवारजनप्रति समवेदना प्रकट गर्दछौं तथा घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं र उहाँहरुको सम्बन्धमा हामीद्वारा व्यक्त सार्वजनिक प्रतिबद्धतालाई अविलम्व कार्यान्वयन गर्ने घोषणा गर्दछौं। हामी आन्दोलनलाई निरन्तर सहयोग, समर्थन तथा सहभागिता जनाउनु हुने मजदूर, किसान, पत्रकार, कानून व्यवसायी, मानवअधिकारकर्मी, कर्मचारी, प्राध्यापक, डाक्टर, नर्स, इञ्जिनियर, शिक्षक, कलाकर्मी, चलचित्रकर्मी, युवा, विद्यार्थी, खेलाडी, महिला, आदिवासी जनजाति, मधेशी, दलित, प्रबुद्ध नागरिक समाज, पेशाकर्मी, सामाजिक तथा सामुदायिक संघ–संस्था, उद्यमी, व्यापारी, प्रवासी नेपाली लगायत सम्पूर्ण जनसमुदायलाई हार्दिक धन्यवाद दिन चाहन्छौं। यस अवसरमा हामी जनआन्दोलनमा सहयोग, समर्थन र सहभागिता जनाउनु हुने सबै राजनीतिक दल तथा यसका भातृ संगठनका नेता, कार्यकर्ता तथा शुभचिन्तकहरुलाई पनि धन्यवाद दिन चाहन्छौं। साथै १२ बुँदे समझदारीका आधारमा शान्तिपूर्ण संयुक्त जनआन्दोलनलाई सहयोग र समर्थन गर्ने ने.क.पा. (माओवादी) लाई हार्दिक धन्यवाद दिन चाहन्छौं।

३. प्रतिनिधिसभाको पुनर्स्थापना हाम्रो प्रस्थान विन्दु मात्र हो। प्रतिनिधिसभा मार्फत् सर्वदलीय सरकारको निर्माण, संविधानसभाको निर्वाचन तथा समग्रमा मुलुकलाई अग्रगमनतर्फ लैजाँदै समावेशी तथा सहभागितामूलक पूर्ण लोकतन्त्र, राज्यको पुनर्संरचना र दिगो शान्ति कायम गर्ने हाम्रो लक्ष्य प्राप्त गर्न बाँकी छ। हामीले शान्तिपूर्ण संयुक्त जनआन्दोलनको क्रममा सात दलको “राष्ट्रिय संकट समाधानका लागि साझा सहमति र प्रतिबद्धताको घोषणापत्र”, विज्ञप्ति, प्रस्ताव तथा कार्यक्रमहरुमार्फत प्रतिबद्धताहरु सार्वजनिक गरेका छौं र त्यसलाई कार्यान्वयनमा अविलम्व लैजानु पर्ने चुनौती समेत छन्। पूर्ण लोकतन्त्र, शान्ति बहाली र अग्रगामी दिशाका कार्यक्रम र कार्यसूची जनआन्दोलनको जनादेश र राजनीतिक निर्णयका आधारमा निर्माण र कार्यान्वयन गर्ने हाम्रो प्रतिबद्धता छ। समग्रमा भन्नुपर्दा हाम्रो अगाडि गम्भीर चुनौती र जिम्मेवारीहरु छन्। हामी उल्लेखित लक्ष्य प्राप्तिको लागि सात राजनीतिक दलको एकतामा आधारित भई निरन्तर क्रियाशील रहने र आफ्नो सार्वजनिक प्रतिबद्धताहरुलाई इमान्दारितापूर्वक कार्यान्वयन गर्ने घोषणा गर्दछौं। साथै प्रस्तुत सन्दर्भमा सात राजनीतिक दल र ने.क.पा. (माओवादी) बीच कायम भएको १२ बुँदे समझदारीलाई इमान्दारितापूर्वक अविलम्व कार्यान्वयनमा लैजाने कुरा पनि घोषणा गर्दछौं।

४. प्रस्तुत परिप्रेक्ष्यमा हामीद्वारा घोषित विरोध प्रदर्शन सहितको आमहड्तालको कार्यक्रम तत्काल फिर्ता लिंदै ने.क.पा. (माओवादी) लाई पनि यसै बमोजिम गर्नका लागि आह्वान गर्दछौं। आजको घोषित चक्रपथ केन्द्रित विरोध प्रदर्शनलाई संयमित र शान्तिपूर्ण विजय जुलुशमा रुपान्तरण गर्न तथा देशव्यापी रुपमा समेत यस्तो कार्यक्रम गर्न आह्वान गर्दछौं। साथै सात राजनीतिक दलको तर्फबाट समसामयिक विषयको सन्दर्भमा आफ्ना दृष्टिकोण प्रस्तुत गर्नका लागि वैशाख १४ गते दिनको २ बजे काठमाडौं खुल्लामञ्चमा बृहत् आमसभाको आयोजना गर्ने घोषणा गर्दछौं।

५. जनआन्दोलनप्रति समर्थन जनाउने मित्र राष्ट्र, कूटनीतिक नियोग, दातृ संस्था लगायतका अन्तर्राष्ट्रिय समुदायलाई हार्दिक धन्यवाद दिन चाहन्छौं। मुलुकलाई स्थिरता, शान्ति, निर्माण र समृद्धितर्फ लैजान सम्पूर्ण देशबासी, मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय समुदायलाई हार्दिक आह्वान गर्दछौं।

६. विगत शान्तिपूर्ण जनआन्दोलनका क्रममा राज्यपक्षबाट भए गरिएका ज्यादतिहरुको अविलम्व छानविन गरी दोषीलाई दण्डित गर्ने घोषणा गर्दछौं।

७. विगत प्रतिगमन र निरंकुशताको कार्यकालमा निरंकुश सत्ताद्वारा भएका सम्पूर्ण प्रतिगामी निर्णय तथा काम कार्वाहीहरुलाई अविलम्व खारेज गरिनेछ भन्ने घोषणा गर्दछौं।

८. शान्तिपूर्ण संयुक्त जनआन्दोलनका क्रममा गिरफ्तार गरिएका सम्पूर्ण राजबन्दीहरुलाई तत्काल मुक्त गर्ने घोषणा गर्दछौं।

—हिमालखबर

Comments »

The URI to TrackBack this entry is: http://laliguras.blogsome.com/2006/04/26/seven-party-2/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.


लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons