जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति !

April 22, 2006

शाही सम्बोधनप्रति असन्तुष्टी व्यक्त गर्दै राजधानी काठमाडौं लगायत देशभर अझ तिब्र प्रदर्शनहरु

२२अप्रिल२००६(एजेन्सीहरु)-नेपालमा आन्दोलनरत सात दलहरुले श्री ५ ज्ञानेन्द्रको आहृवान प्रति असहमति जनाउंदै जनआन्दोलन निरन्तर जारी रहने विश्वास गरेका छन र साथै श्री ५ ज्ञानेन्द्रको शाही सम्बोधनप्रति असन्तुष्टी व्यक्त गर्दै राजधानी काठमाडौं लगायत देशभर “शाही घोषणा धोका हो, नेताहरू होशियार” भन्ने जस्ता नाराहरू लगाउदै अझ तिब्र प्रदर्शनहरु भइरहेका प्राप्त समाचारहरुमा जनाइएको छ।

त्यसैगरी सञ्चार माध्यमहरुमा उल्लेख भए अनुसार,जनआन्दोलनका अगुवाइ गरिरहेका सात दलका शीर्ष नेताहरुको बैठक शुक्रबार बस्न सकेन तर पार्टीका बरिष्ठ नेताहरुले राजाको सम्बोधनले आन्दोलनलाई संबोधन गर्न नसकेको बताएका र राजा ज्ञानेन्द्रको सम्बोधनबाट सन्तुष्ट हुन नसकेपछि दलहरुले आमहडताललाई अझ तिब्र रुपमा जारी राख्‍ने बताएका छन ।

यसै बीच समाचारमा जनाइए अनुसार, नेपाली कांग्रेस प्रजातान्त्रिकका सभापति शेर बहादुर देउवा, नेपाली कांग्रेसका प्रवक्ता कृष्ण सिटौला लगायतका नेताहरुले शान्तिपूर्ण जनआन्दोलनको रोडम्याप र लक्ष्यलाई राजाले प्रष्ट र सकारात्मक सम्बोधन गरेका छैनन् त्यसैले आन्दोलन जारी रहने,राजालाई बिश्वास गर्न सकिने आधार केही नभएको र साथै अब नेपालमा निरंकुश राजतन्त्रको अन्त्य र पूर्ण प्रजातन्त्रको स्थापना तथा सविधान सभाको निर्वाचन नभए सम्म आन्दोलन नरोकिने बताएका जनाइएको छ। यसका साथै नेपाली कांग्रेसका महामन्त्री सुशील कोइरालाका अनुसार राजाको सम्वोधन आन्दोलन उचाइमा पुगेका बेला पार्टीलाई विभाजन गर्ने षड्यन्त्रका रुपमा आएको र आन्दोलन जारी राख्‍ने बताएका सञ्चार माध्यमहरुमा उल्लेख छ।

यसैबीच अर्को प्राप्त समाचारमा जनाइए अनुसार, राजा ज्ञानेन्द्रको सम्बोधन पछी काठमाडौं लगायत विराटनगर, चितवन, जनकपुर, पोखरा, बुटवल, नेपालगञ्ज लगायतका ठाउंमा शाही सम्बोधनलाई धोका हो भन्दै अझ तिब्र प्रदर्शन गरिएका प्राप्त समाचारहरू जनाइएको छ। यसका साथै नेपालगंजको खजुरामा विरोध प्रदर्शन भएको थियो भने बुटवलमा सात बजेदेखि कर्फ्यु शुरू भएपनि कर्फ्युलाई अवज्ञा गर्दै प्रदर्शनकारीहरूले नाराबाजी गरेका थिए।पोखरामा पनि स्वत:स्फूर्त जुलुसहरू निस्किएका थिए जहां पनि “शाही घोषणा धोका हो, नेताहरू होशियार” भन्ने जस्ता नाराहरू लागेका उल्लेख छ।

यसैक्रममा सुदूर पश्चिमाञ्चलका प्राय धेरै जसो जिल्ला सदरमुकामहरूमा शाही सम्बोधनप्रति असन्तुष्टी व्यक्त गर्दै मशाल जुलुस लगायतका विरोध प्रदर्शन गरीएको बताइएको सञ्चार माध्यमहरुमा जनाइएको छ।

Comments »

The URI to TrackBack this entry is: http://laliguras.blogsome.com/2006/04/22/nepals/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.


लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons