माओवादीद्वारा शाही घोषणा खारेज
जनताको सार्वभौम अधिकार सुनिश्चित नहुँदासम्म आन्दोलन जारी राख्ने प्रतिबद्धता
काठमाडौं, बैशाख ९/नेकपा (माओवादी)ले शाही घोषणालाई घृणापूर्वक खारेज गरेको छ । उसले न्यूनतमरुपमा निःसर्त संविभानसभामार्फत नेपाली जनताको सार्वभौम अधिकार सुनिश्चित नहुँदासम्म आन्दोलन जारी राख्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।
नेकपा(माओवादी)का अध्यक्ष क.प्रचण्डले आज एक वक्तव्य जारी गर्दै भन्नुभएको छ-”कथित शाही घोषणाको लगत्तै हिजो बेलुकादेखि देशव्यापीरुपमा सडकबाट त्यसप्रति घृणा, आक्रोश र अस्वीकृति जाहेर गरेर नेपाली जनताले सामन्ती षडयन्त्रका विरुद्ध आफ्नो सुझबुझ र पहलकदमीलाई सशक्त ढंगले उजागर गरिसकेका छन् । हाम्रो पार्टी नेपाली जनताको यो महान् पहलकदमीलाई उच्च सम्मान गर्दै, सामन्ती तत्वहरुको षडयन्त्रमूलक घोषणालाई घृणापूर्वक खारेज गर्दछ र न्यूनतमरुपमा, निःसर्त संविभानसभामार्फ् नेपाली जनताको सार्वभौम अधिकार सुनिश्चित नहुँदासम्म आन्दोलन जारी राख्ने प्रतिबद्धता व्यक्त गर्दछ ।”
उक्त वक्तव्यको पूर्ण पाठ यसप्रकार छ :-
संविधान-सभा र गणतन्त्रको नारा घन्काउँदै २१औं शताब्दीमा जनक्रान्तिको सिर्जनशील प्रयोगद्वारा विश्वलाई नै नयाँ दिशा प्रदान गर्न सडकमा बगिरहेको महान् नेपाली जनताको सागरलाई अपमान गर्ने तथा सामन्ती अहंको तुष्टि गर्नेबाहेक हिजोको कथित शाही घोषणाले अर्को कुनै अर्थ र महत्व राख्दैन । कथित शाही घोषणाको लगत्तै हिजो बेलुकादेखि देशव्यापीरुपमा सडकबाट त्यसप्रति घृणा, आक्रोश र अस्वीकृति जाहेर गरेर नेपाली जनताले सामन्ती षडयन्त्रका विरुद्ध आफ्नो सुझबुझ र पहलकदमीलाई सशक्त ढंगले उजागर गरिसकेका छन् । हाम्रो पार्टी नेपाली जनताको यो महान् पहलकदमीलाई उच्च सम्मान गर्दै, सामन्ती तत्वहरुको षडयन्त्रमूलक घोषणालाई घृणापूर्वक खारेज गर्दछ र न्यूनतमरुपमा, निःसर्त संविभानसभामार्फ् नेपाली जनताको र्सार्वभौम अधिकार सुनिश्चित नहुँदासम्म आन्दोलन जारी राख्ने प्रतिबद्धता व्यक्त गर्दछ ।
सामान्यतः अढाइ सय वर्षेखि र विशेषतः गएको ५६ वर्षेखि पटक-पटक धोखा दिंदै आएको सामन्ती राजतन्त्रबाट सदाका लागि उन्मुक्ति नेपाली जनताको उत्कट र गहिरो आकांक्षा रहेको तथ्य सडकमा अभिव्यक्त आवेगपूर्ण जनसागरले दिइरहेको छ । इतिहासका सकारात्मक र नकारात्मक अनुभवहरुको महान् संश्लेषणकारुपमा सबैं वर्ग, तह र तप्काका जनसमुदायले सडकमा लिइरहेको पहलकदमीलाई सफलताको बिन्दुमा पुर्याउन निःसर्त संविधानसभामार्फ् लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने एउटै राजनैतिक नारामा गोलबन्द बन्न हाम्रो पार्टीगत राजनैतिक दल, नागरिक समाज र बौद्धिक समुदायसँग विशेष आग्रह गर्दछ । तत्कालीनरुपमा सात राजनैतिक दल र नेकपा (माओवादी) का बीचमा कायम गरिएको १२ बु“दे समझदारीको जगमा खडा भएको यो महान् जनआन्दोलनलाई लक्ष्यसम्म पुर्याउन, लोकतन्त्र, शान्ति र अग्रगमनको तेस्रो गुणात्मक समझदारी कायम गर्न हाम्रो पार्टी तयार रहेको कुरा स्पष्ट गर्दै त्यसका लागि अन्य पक्षसँग ठोस पहलका लागि हार्दिक आग्रह गर्दछ ।
जनताको गणतान्त्रिक आन्दोलन उत्कर्षतर अगाडि बढिरहेको आजको ऐतिहासिक अवधिमा देशद्रोही सामन्ती हत्याराका विरुद्ध र जनताको पक्षमा खडा भइ वास्तविक देशभक्तिको परिचय दिन हाम्रो पार्टी शाही सेना र प्रहरीका जवानहरुसँग पुनः विशेष अपिल गर्दछ । सामन्ती हत्याराहरुको पराजय र जनताको विजय सन्निकट र सुनिश्चित छ ।
श्रोत krishnasenonline

गृह पृष्ठ
