जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति !

April 19, 2006

राजाबाट राजनीतिक परामर्श : ‘छिट्टै निकाश निस्किने आशा’ ,भारतीय प्रधानमन्त्रीका विशेष दूत नेपालमा,आन्दोलनको समर्थनमा प्रदर्शन गर्ने कर्मचारीहरूलाई पक्राउ

१९अप्रिल२००६(एजेन्सीहरु)-नेपालमा श्री ५ ज्ञानेन्द्रद्धारा भूतपूर्व प्रधानमन्त्रीद्वय लोकेन्द्र बहादुर चन्द तथा मरिचमान सिंह र राष्ट्रीय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष पशुपति शमशेर राणासंग भेटवार्ता भएको प्राप्त समाचारहरुमा जनाइएको छ।

त्यसैगरी सञ्चार माध्यमहरुमा उल्लेख भए अनुसार,भूतपूर्व प्रधानमन्त्रीद्वय भेटवार्ता क्रममा आफूहरु संकट निकासबारे सकारात्मक भएको बताए पनि राजासंगको कुराकानीबारे बढी जानकारी दिन अश्वीकार गर्नुभयो।राप्रपाका अध्यक्ष श्री राणाले आफ्नो आशाको कारण राजासंगको कुराकानी भएको उल्लेख गर्नुभयो तर उहाँले कुराकानीका बारेमा भने बारम्बार प्रश्न गर्दा पनि जवाफ दिन चाहानु भएन।त्यस्तै उहाँले राजा समक्ष आफ्नो पार्टीको धारणा स्पष्टसंग राखेको र आफू भेटबाट पूर्णरूपमा सन्तुष्ट भएको उल्लेख गर्नुभयो,यद्दपि विष्लेषकहरु भन्छन्, राजाबाट पहिले, पहिले भएका राजनीतिक परामर्शहरुबाट कुनै ठोस निकास ननिस्किएको हुनाले हालका भेटघाटहरुपछि राजाले ठुलै कदम नचाल्ने हो भने आन्दोलन साम्य तुल्याउन गाह्रो छ।यसै बीच देशका विभिन्न ठाउंहरुमा प्रहरी दमनहरु कायमैं रहेकाले पनि राजाप्रतिको मानिसहरुको आशंका दूर हुन नसकेको जनाइएको छ।

यसैबीच प्राप्त समाचार अनुसार,भारतीय प्रधानमन्त्री मनमोहन सिंहका विशेष दूत, कांग्रस पार्टीका एकजना नेता डाक्टर कर्ण सिंह, राजा र अन्य राजनीतिक नेताहरुलाई भेट्न काठमाडौं आउंदै हुनुहुन्छ। यसैगरी नेपालको राजनीतिमा सधैं महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको भारतका प्रधानमन्त्रीका विशेष दूतले राजाकालागि के सन्देश लिएर आउनु हुने हो र त्यसपछिको राजनीतिक घटनाक्रमले के बाटो लिने हो भन्नेबारे मानिसहरुले निकै चासोका साथ हेरीरहेका समाचार जनाइएको छ।

यसैक्रममा जारी राजनीतिक संकट समाधानका लागि राजाबाट भेटघाट शुरू गरिबक्सेको दोश्रो दिन प्रहरीले सिंहदरवार भित्र गृहमन्त्रालयको हाताबाट जारी आन्दोलनको समर्थनमा प्रदर्शन गर्ने कर्मचारीहरूलाई पक्राउ गरेका छन्। यसका साथै राजा विरोधी प्रदर्शनप्रति समर्थन जनाउंदै सिंहदरबार स्थित गृह मन्त्रालयको हाताभित्र प्रदर्शन गरिरहेका निजामती कर्मचारीहरू मध्ये २५ जनालाई प्रहरीले गिरफ्तार गरेको छ।तिनमा छ जना अधिकृतहरू पनि रहेका बताइएको छ। त्यसैगरी प्रधानमन्त्री तथा मन्त्रीपरिषद सचिवालयद्वारा जारी एउटा विज्ञप्तिमा निजमाति कर्मचारीहरूलाई राजनीतिमा नलाग्न अनुरोध गरिएको संचार माध्यमहरुमा उल्लेख छ ।

Comments »

The URI to TrackBack this entry is: http://laliguras.blogsome.com/2006/04/19/npl/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.


लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons