जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति !

April 17, 2006

दलहरुद्धारा सरकारलाई कर-महशुल नतिर्न आह्वान,श्री ५ ज्ञानेन्द्रबाट नेपालस्थित राजदूतहरूसंग भेटवार्ता

सप्पन के.सी.( युरोप, सम्वाददाता)
१७अप्रिल२००६(एजेन्सीहरु)-नेपालमा निरंकुश राजतन्त्रको अन्त्य र पूर्ण प्रजातन्त्रको स्थापनाका लागि भन्दै सात दलले गएको चैत्र २४ गतेदेखि आह्वान गरेका चार दिने आम हडताललाई अनिश्चीत कालका लागि लम्ब्याइए पछि संयुक्त जनआन्दोलन केन्द्रीय संयोजन समितिले यही वैशाख ७ गते बिहीवार काठमाडौंको चक्रपथमा आन्दोलनकारी दल लगायत समाजका सबै क्षेत्रको सहभागितामा एकिकृत पदयात्रा र प्रदर्शन गर्ने घोषणा गरेको प्राप्त समाचारहरुमा जनाइएको छ।

यसैगरी समाचारहरुमा उल्लेख भए अनुसार, काठमाडौं,पाटन भक्तपुर किर्तीपुर कलंकी बल्खु गोंगबु चाबहिल बसुन्धरामा प्रदर्शन भएका साथै प्रदर्शनहरू कतै विना प्रहरी हस्तक्षेप शान्तिपूर्वक सम्पन्न भएका थिए भने कतै प्रहरीले बलपूर्वक हस्तक्षेप गरेको थियो। कलंकीबाट निस्केको हजारौंको जुलुस अपरान्ह बल्खु चोकबाट कालिमाटी तर्फ जान लाग्दा प्रहरीले रबरको गोली, अश्रुग्यास र लाठी प्रहार गरेको थियो जस्मा परी दर्जनौं घाइते भएका र अरू कयौं गिरफ्तार गरिएका आन्दोलनकारी दलहरूले जनाएका जनाइएको छ।

त्यसैगरी आन्दोलनकारी दलहरूको नयां विरोध कार्यक्रम अन्तरगत जनतासंग सरकारलाई कर, भंसार, अन्य महशुल आदि नतिर्न आह्वान गरिएको छ भने विदेशी दाताहरूसंग सहयोग रोक्न भनिएको छ।यसैक्रममा सरकारले आन्दोलन माओवादीहरूको नियन्त्रणमा गै हिंसात्मक र ध्वंसात्मक भएको आरोप लगाइरहंदा सातदलले शान्तिपूर्ण आन्दोलन प्रति प्रतिबद्धता दोहोर्‌याएका छन्।त्यस्तै माओवादीहरूले सरकारको आरोप पुष्टि हुने गरी आन्दोलन आफ्नो पनि भएको र यस्मा आफ्नो सकृय सहभागीता रहेको पटक पटक बताइरहंदा सात दलले माओवादीहरूलाई मंसिर र चैतमा भएको समझदारीको इमान्दारीपूर्ण पालना गर्न ध्यानाकर्षण गरेका छन्। ति समझदारीहरूमा माओवादीहरूले शान्तिपूर्ण राजनीतिको नयां धार प्रति प्रतिबद्धता जनाएको सातदलका नेताहरूले उल्लेख गरेका समाचार जनाइएको छ।

त्यसैगरी समाचारहरुमा उल्लेख भए अनुसार,निरंकुश राजतन्त्रको अन्त्य गरी लोकतन्त्रको स्थापना गर्न भइरहेको हडतालमा अर्घाखाँचीमा पनि प्रहरीले गोली चलाउँदा दर्जनौं गम्भीर घाइते भएका समाचार जनाइएको छ।

यसै बीच अर्को प्राप्त समाचारमा जनाइए अनुसार, सात दलको आह्वानमा जारी आम हडतालका कारण देशमा राजनीतिक वातावरण तनावग्रस्त हुंदै जांदा आइतवार अपरान्ह श्री ५ ज्ञानेन्द्रबाट भारत, चीन र अमेरिकाका नेपालस्थित राजदूतहरूसंग भेटवार्ता गरिबक्सेको छ।त्यसैगरी आइतबार भेट गर्नेहरूमा भारतका राजदूत शिवशंकर मुखर्जी, चीनका राजदूत सुन हे पींग र अमेरिकाका राजदूत जेम्स मोरीआर्टी हुनुहुन्थ्यो।यसैक्रममा भेटवार्तामा के के कुरा भयो त्यो थाहा हुन नसकेको संचार माध्यमहरुमा जनाइएको छ ।

Comments »

The URI to TrackBack this entry is: http://laliguras.blogsome.com/2006/04/17/political-pos-in-nepal/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.


लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons