परिस्थिति यस्तैछ !
भरत लामा “बैरागी कान्छा”
साउदी अरब
लडीरहे छ माटो र ढुङ्गा ओरालीमा
पहिरो जादो त्यो भुगोलको एक छेउमा
जलिरहेछ हरित जगंलै ज्वालोमा
डढेलो लाग्दो त्यो बिबेकको छेउछाउमा
हुँकार गर्जीएर रिक्तिसकेको स्वर
घाँटि निचोरिएर कहरमा सुसेलेझै
जल छेउ लागेको किनार एक बगर
निर्जन पाहाडको एकलासे एकान्त झै
चन्द्र तारा आकाशमा गिज्याउदै
त्यो बेढंगको र्घर्तिलाई नियाल्छ
निकृष्ट परिबेशको पछयौरा हल्लाउदै
अनिस्चितामा बायुले कानेखुशी ल्याउछ
रात गुज्रनु सजिलो छ कतै
दिन पिरोलीएको देशमा
नृशंस झण्डाको फरफराहट जता ततै
शान्ती भाडीएको परिबेशमा

गृह पृष्ठ
