प्रधानमन्त्रीमा कोइराला प्रस्तावित
मंगलबार, १२ वैशाख २०६३
आज बिहान कोइराला निवास महाराजगञ्जमा बसेको सात पार्टीको बैठकले ८४ वर्षीय गिरिजाप्रसाद कोइरालालाई सर्वसम्मत प्रधानमन्त्री पदका लागि प्रस्तावित गरेको छ। मुलुकको विषम परिस्थितिमा कोइराला पाँचौ पटक प्रधानमन्त्री बन्न लागिरहेका छन्।
एमाले महासचिव माधवकुमार नेपाल र नेपाली काङ्ग्रेस (प्रजातान्त्रिक) का सभापति शेरबहादुर देउवा प्रस्तावक र अन्य आन्दोलनरत तीन दलको समर्थनमा कोइरालाको नाम प्रधानमन्त्री पदमा सर्वसम्मत गरिएको हो। प्रतिनिधिसभाको पुनर्स्थापनालाई प्रस्थान विन्दु र संविधानसभालाई समाधान भन्दै आएका सात राजनीतिक दलको बैठकले उनीहरुले यसअघि सार्वजनिक गरेका ६ बुँदे कार्यक्रम र माओवादीसँग भएको १२ बुँदे समझदारीलाई संसदको प्राथमिक कार्यसूची बनाउने राजनीतिक निर्णय लिएका भए पनि माओवादीको प्ररम्भिक प्रतिकृया भने आफ्नै किसिमको रहेको छ। हुन सक्छ यो घुमाउरो पाराको समर्थन हो। देश धेरै रोई सकेको छ, अब सुधार्ने दिन आएनन् र ?
नेपाल कम्युनिष्ट पार्टी (माओवादी) द्वारा आज जारी गरिएको प्रेस वक्तव्यको पूर्ण पाठ यस प्रकार रहेको छ। (more…)