वैदेशिक रोजगारमा जाने कामदारको बीमा अनिवार्य
म्यानपावरको कमिशन खेल अन्त्य हुने
कृष्ण ढुंगाना
काठमाडौं/सम्पूर्ण् वैदेशिक रोजगार व्यवसायलाई बद्नाम बनाउनेगरी आफ्नो निहित स्वार्थबाट प्रेरित भएर वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको बीमा समेत नगर्ने प्रवृत्ति देखिएपछि सरकारले त्यसको समाधानको उपाय निकालेको छ । फागुन महिनाभित्र ल्याइन लागेको वैदेशिक रोजगारमा जाने श्रमिकको बीमालाई व्यवस्थित गर्ने एवं थप सुविधासहितको नयाँ वैदेशिक रोजगार बिमा नीतिले श्रमिक बीमालाई अनिवार्य पार्नेछ ।
बैदेशिक रोजगारीमा जाने कामदारहरुको बीमालाई व्यवस्थित पार्न अधिराज्यभरिका २० वटा बिमा कम्पनीहरूले ‘संयुक्त बिमा कोष’ स्थापना गरेर सोहीमार्फ बीमा गर्ने व्यवस्था मिलाइँदैछ । यो नीति कार्यान्वयनमा आएपछि म्यानपारलाई कमिशन दिएर कमाउने बीमा कम्पनीहरुको अदृश्य खेल पनि समाप्त हुनेछ । ‘बीमा नगरी वैदेशिक रोजगारीमा जाने अवस्थाको अन्त्य गर्नु नीतिको उद्देश्य हो’- बीमा समितिका अध्यक्ष माधवप्रसाद उपाध्यायले भन्नुभयो ।
नयाँ नीतिले अहिलेको १ लाख रुपियाँको दुर्घटना बीमालाई थप गरी ५ लाख रुपियाँ कायम गर्नेछ । रोजगारीको क्रममा कुनै श्रमिकको मृत्यु भएमा मृतकको शरीर नेपालमा ल्याउन थप ५० हजार रुपियाँ खर्च पनि बीमाभित्रै समेटिनेछ।

गृह पृष्ठ
