जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति !

February 25, 2006

नेपालमा सरकारले शान्ति सुरक्षामा खलल पु-याउने खतरा रहेको जनाउदै पक्राउ परेका कांग्रेस प्रवक्ताको रिहा !!!

२५ फेब्रुवरी २००६(एजेन्सीहरु)- नेपालमा सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएपछि पनि फेरि पक्राउ परेका नेपाली कांग्रेसका एकजना केन्द्रीय नेता विहिवार पुन: अदालतकै आदेशपछि मुक्त हुनुभएको प्राप्त समाचारमा जनाइएको छ। यसै बीच समाचारमा जनाइए अनुसार,नेपाली कांग्रेसका प्रवक्ता कृष्ण प्रसाद सिटौलालाई नजरबन्द गरी राख्‍नु पर्ने भनी सरकारद्वारा लिखित कारण दिइएपनि अदालतले उहांलाई नियन्त्रणमा राखिनुपर्ने कुनै आधार नदेखिएकोले रिहा गर्ने आदेश दिएको सर्वोच्च अदालतका अधिकारीहरूले जनाएका उल्लेख छ।

त्यसैगरी गत दुई हप्तामा दुई पटक गिरफ्तार हुनुभएका श्री सिटौलालाई पछिल्लो पटक गत बुधवार नियन्त्रणमा लिइएको थियो। त्यसैगरी रिहाईका लागी परेको रिटमाथी कारवाही गर्दै सर्वोच्च अदालतले सरकारलाई उहाँलाई विहिवार अदालत समक्ष उपस्थित गराउन आदेश दिएको थियो।अदालतले सरकारसंग श्री सिटौलालाई नियन्त्रणमा राख्‍नुपर्नाको कारण लिखित रुपमा दिन माग गरेको जनाइएको थियो।

यसै बीच सरकारले श्री सिटौलालाई नियन्त्रणमा राखिनुपर्ने भनि लिखित कारण दिएपनि अदालतले उक्त कारवाहीका लागि कुनै आधार नदेखिएको भन्दै विहिवार नै उहाँलाई रिहा गर्न आदेश दिएको थियो।यसअघि गत माघ २८ गते त्रिभुवन विमानस्थलमा पक्राउ पर्नुभएका सिटौला सर्वोच्च अदालतकै आदेशपछि गत सोमवार रिहा हुनुभएको थियो।त्यसको दुई दिनपछि उहाँ फेरी पक्राउ पर्नुभएको उल्लेख थियो।

यसै क्रममा शान्ति सुरक्षामा खलल पु-याउने खतरा रहेको जनाउदै सरकारले आन्दोलनरत दलहरूका कतिपय नेताहरूलाई केहि समय अघिदेखि पक्राउ गर्दै आएका थियो।पक्राउ परेका वा स्थानहदमा रहेका नेताहरू रिहा भैसकेका छन्।त्यसैगरी एक महिना भन्दा अघिदेखि काठमाडौंको कोटेश्वरस्थित आफ्नै घरमा स्थानहदमा राखिनुभएका कम्युनिष्ट नेता माधव कुमार नेपालको स्थानहदको अवधि भने दुई महिना लम्व्याइएको समाचारमा जनाइएको छ।

Comments »

The URI to TrackBack this entry is: http://laliguras.blogsome.com/2006/02/25/release/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.


लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons