जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति !

February 25, 2006

नेपालमा राजाको प्रत्यक्ष शासनको विरोधमा जारी आन्दोलनलाई फराकिलो पार्ने निर्णय,आन्दोलनकारी दलहरू छलफलमा व्यस्त

२४ फेब्रुवरी २००६(एजेन्सीहरु)- नेपालमा नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले राजाको प्रत्यक्ष शासनको विरोधमा जारी आन्दोलनलाई फराकिलो पार्ने निर्णय गरेको छ।यसका साथै सादा पोशाकका सुरक्षाकर्मीहरूको कडा निगरानीकाबीच एमाले केन्द्रीय कार्यालय बल्खुमा भएको दुइदिने बैठक प्रतिकुल परिस्थीतिका बावजुद महत्वपूर्ण निर्णय लिन सफल भएको उक्त दलले जनाएको संचार माध्यमहरुमा जनाइएको छ ।

त्यसैगरी समाचारहरुमा उल्लेख भए अनुसार,महासचिव माधव कुमार नेपाल एक महिनादेखि घरमै नजरवन्द रहँदा कार्यवाहक महासचिव अमृत कुमार वोहराको अध्यक्षतामा भएको केन्द्रीय कमिटीको बैठकले सात दलको जारी संयुक्त आन्दोलनलाई फराकिलो पार्दै चर्काउने निर्णय गरेको थियो।त्यसैगरी कार्यवाहक महासचिव बोहराले भन्नुभयो, СТयो संयुक्त जनआन्दोलनलाई व्यापक वर्ग, तह, पेशा र व्यवसायका मानिसहरूको संयुक्त आन्दोलनकै रुपमा परिणत गर्नका निम्ति वृहत लोकतान्त्रिक मोर्चा निर्माणको दिशामा जानुपर्छ भन्ने अवधारणा पारित भएको छ र यसबारे सात दलमा बसेर कुराकानी गर्ने फैसला पनि भएको जनाइएको छ।
यसका साथै प्राप्त अर्को समाचार अनुसार, आन्दोलनकारी अर्को प्रमुख दल नेपाली कांग्रेसका सभापति गिरिजा प्रसाद कोइराला पनि विहिवार आफ्नो दलका केन्द्रीय समितिका सदस्यहरूसंग आन्दोलन अगाडि बढाउने विषयमा आफ्नै निवासमा छलफलमा व्यस्त हुनुहुन्थ्यो।छलफलमा आन्दोलन अगाडि बढाउन चार वर्ष अगाडी फुटेको नेपाली कांग्रेस फेरी एउटै रुखमुनि जुट्नुपर्ने कुरा पनि उठेको बताइएको समाचार छ।
यसै क्रममा नेपाली कांग्रेस र नेपाली कांग्रेस प्रजातान्त्रिकको एकिकरणको कुरा उठिरहँदा विहिवार विहान अमेरिकी राजदूत जेम्स मोरियार्टीले दुवै दलका केहि केन्द्रीय नेताहरूसंग आफ्नो निवासमा ब्रेकफास्ट बैठक गर्नुभएको समाचारहरुमा जनाइएको छ।

Comments »

The URI to TrackBack this entry is: http://laliguras.blogsome.com/2006/02/25/raja/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.


लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons