जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति !

February 23, 2006

नेपाली कांग्रेस एकिकरण गर्ने विषयमा दुई पार्टीका शीर्ष नेताहरूबीच भेटवार्ता

२३फेब्रुवरी २००६(एजेन्सीहरु)-
नेपालमा चार वर्ष अघि फुटेको नेपाली कांग्रेसलाई एकिकरण गर्ने विषयमा दुई पार्टीका शीर्ष नेताहरूबीच भेटवार्ता भएको प्राप्त समाचारहरुमा जनाइएको छ।
त्यसैगरी समाचारहरुमा उल्लेख भए अनुसार,मूल पार्टीबाट अलग्गिएको नेपाली कांग्रेस प्रजातान्त्रिकका सभापति शेर वहादुर देउवाले वुधबार नेपाली कांग्रेसका सभापति गिरिजा प्रसाद कोइरालासंग एक घण्टा भन्दा बढि समय कुराकानी गर्नुभयो।सभापति कोइरालाले गृहनगर विराटनगरबाट पार्टी एकिकरणको प्रयास थालिने घोषणा गर्नुभएको तीन दिनपछि कोइराला र देउवाबीच लामो कुराकानी भएको जनाइएको छ।

यसका साथै सोमवार काठमाडौं फर्किनुभएका कोइरालालाई भेट्न उहाँको महाराजगंजस्थित निवासमा देउवा आफ्ना महामन्त्री प्रकाशमान सिंहका साथ पुग्नुभएको थियो। राजाको प्रत्यक्ष शासनको विरोधमा आन्दोलन गरिरहेको सात दलीय मोर्चाका दुई प्रमुख पार्टीका शीर्षस्थ नेताहरूबीचको कुराकानी जारी आन्दोलन र नेपाली कांग्रेसको एकिकरणका वारे केन्द्रित भएको वताइएको समाचार छ।

यसै क्रममा सभापति कोइरालाले भन्नुभयो, यो आन्दोलनलाई सफल पार्नको निम्ति पनि कुरा भयो र संगसंगै एकिकरणको कुरा पनि भयो। कोइरालासंगको वार्तालापपछि पत्रकारहरूसंग कुरा गर्दै देउवाले पनि पार्टी एकिकरणको कुरामा जोड दिनुभएको थियो।यद्यपी पुन: एकता सम्मानजनक हुनुपर्ने उहाँको भनाइ थियो।यसअघि दुवै कांग्रेसबाट आफूलाई तटस्थ राख्‍नुभएका नेपाली कांग्रेसका संस्थापक नेता कृष्ण प्रसाद भट्टराईले पार्टी एकिकरणका निम्ति आह्वान गर्नुभएको थियो। विघटित संसदको सवभन्दा ठूलो दलका रुपमा रहेको नेपाली कांग्रेस फेरी एक भएमा राजनीतिक तलाउमा नयाँ तर‌ङ्ग आउने धेरैको अनुमान भएको उल्लेख छ।

यसका साथै प्राप्त अर्को समाचार अनुसार, नेपाली कांग्रेसका प्रवक्ता कृष्ण प्रसाद सिटौला सर्वोच्च अदालतको आदेशबाट रिहा भएको पर्सीपल्ट बुधवार फेरी पक्राउ पर्नुभएको छ।त्यसैगरी प्राप्त समाचारअनुसार,दलहरुसंग सम्वादका लागी श्री ५ ज्ञानेन्द्रबाट आह्वान भएको चौथो दिन सिटौलालाई उहाँको आफ्नै निवासबाट गिरफ्तार गरिएको संचार माध्यमहरुमा जनाइएको छ ।

Comments »

The URI to TrackBack this entry is: http://laliguras.blogsome.com/2006/02/23/congress-reunion/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.


लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons