बर्डफ्लु भाइरसको प्राणघातक प्रजाती H5N1 भारतमा पनि संक्रमण
नेपाल सरकारद्वारा भारतबाट हुने पक्षीजन्य उत्पादनको आयातमा प्रतिबन्ध
२१ फेब्रुवरी २००६(एपी /एएफपी)-नेपाल सरकारद्वारा पक्षीहरूमा लाग्ने एकप्रकारको रूघाजस्तो रोग बर्डफ्लु भाइरसको प्राणघातक प्रजाती H5N1 भारतमा पनि फेला परेपछि भारतबाट हुने पक्षीजन्य उत्पादनको आयातमा प्रतिबन्ध लगाइएको प्राप्त समाचारमा जनाइएको छ। यसै बीच समाचारमा जनाइए अनुसार,बर्ड फ्लुको संक्रमण रोक्न पशुसेवा कार्यालयका देशभरीका शाखाहरू र सिमाक्षेत्रका पशु क्वारेन्टाईन जाँचचौकीहरूलाई उच्च सतर्कतामा राखिएको अधिकारीहरूले जनाएका उल्लेख छ।
त्यसैगरी गत हप्ता भारतको महाराष्ट्र राज्यको एउटा कुखुरा फार्ममा पक्षीमा लाग्ने रूघाजस्तो एकप्रकारको रोग बर्डफ्लु भाइरसको प्राणघातक प्रजाति H5N1 का कारण हजारौं कुखुराहरू मरेपछि नेपालमा पनि सो रोगको संक्रमण हुनसक्ने जोखिम बढेको विज्ञहरूले बताएका जनाइएको छ। यसै बीच नेपालको पूर्वी, पश्चिमी र दक्षिणी सिमा भारतसँग जोडिएको छ। यसका साथै उत्तरतर्फ रहेको तिब्बतसँगको सिमाबाट बर्डफ्लु संक्रमणको जोखिमकै कारण पक्षीजन्य उत्पादनहरूको आयातमा पहिले देखि नै लागू प्रतिबन्ध कायमै रहेको जनाइएको छ।
यसका साथै त्यस्तै विश्व स्वास्थ्य संगठनले बर्डफ्लु संक्रमण भएको भनेका देशहरूबाट पनि पक्षीजन्य उत्पादनहरू ल्याउनमा रोक लगाइएको थियो। अब भारतमा पनि सो रोगको H5N1 भाइरस देखा परेपछि भारतबाट कुखुरा लगायतका पक्षीहरू आयात गर्न पहिले दिइएका इजाजतहरू सबै रद्द गरिएको पशुस्वास्थ्य निर्देशनालयका कार्यक्रम निर्देशक डा.धनराज रतालाले बताउनुभएको उल्लेख छ।
त्यसैगरी थाहा भए अनुसार, अधिकारीहरूका अनुसार पशुस्वास्थ्य सेवाका कार्यालयहरू एवम् सिमावर्ती क्षेत्रमा रहेका पशु क्वारेन्टाइन जांच चौकीहरूलाई उच्च सतर्कतामा राखिएको छ। त्यस्तै सर्वसाधारणलाई पनि एकै ठाउँमा धेरै पक्षीहरू मरेका वा मानिसमा स्वासप्रस्वास सम्बन्धि रोगहरू देखिए ती कार्यालयहरूलाई सूचित गर्न आग्रह गरीएको समाचारमा जनाइएको छ।
यसै क्रममा नेपालमा अहिलेसम्म बर्डफ्लुको कुनै संक्रमण देखिएको आधिकारीक जानकारी त छैन तर विज्ञहरू भन्छन् सो रोगको जोखिम नेपाललाई बढी छ। त्यसैगरी यहाँका विभिन्न सिमसार क्षेत्रहरूमा थुप्रै प्रजातीका जंगली चराहरू मौसम अनुसार बसाइ सरेर आउने गर्छन्। यसका साथै बसाईं सर्ने यस्तै चराहरूबाट घरपालुवा चराहरूमा बर्डफ्लुको भाइरस सर्ने गरेको पाइएको र त्यसको H5N1 भाइरसले मानिसको ज्यान समेत लिन सक्ने संचार माध्यमहरुमा उल्लेख छ।

गृह पृष्ठ
