जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति !

February 20, 2006

सरकारले पट्रोलियम पदार्थको मूल्य बढाएको विषयलाई लिएर विभिन्न विरोध-प्रदर्शन

नेपालमा सरकारले पट्रोलियम पदार्थको मूल्य बढाएको विषयलाई लिएर विभिन्न क्याम्पसका विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका प्राप्त समाचारहरुमा जनाइएको छ। त्यसैगरी समाचारहरुमा उल्लेख भए अनुसार,क्याम्पस विदाको दिन भए पनि विद्यार्थीहरुले अमृत साइन्स क्याम्पस लैनचौरमा विरोध प्रदर्शन गरेका थिए । यसका साथै ताहचल, चवहिलको पशुपति, पाटन संयुक्तलगायतका क्याम्पसका विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन् प्रदर्शनको क्रममा प्रहरी र प्रदर्शनकारी विर्द्यर्थीबीच केहिवेर दोहोरो झडप समेत भएको थियो । विरोध प्रदर्शनका कारण बिहान उपत्यकाको सवारी सञ्चालनमा समेत केहि समय अवरोध भएको थियो । उनीहरुले सरकारले मूल्यवृद्धि फिर्ता नलिए कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका उल्लेख छ।

यसैबीच आन्दोलनरत आठ विद्यार्थी संगठनले पनि पेट्रोलियमा पदार्थको मूल्य तत्कालै फिर्ता नलिए कडा आन्दोलनमा उत्रने चेतावनी दिएको छ । अनेरास्ववियुका अध्यक्ष खिमलला भट्टर्राईले सरकारले हिजोको मितिदेखि लागु हुने गरी गरेको मूल्यवृद्धि तत्काल फिर्ता नलिए विद्याथर्ाीहरु कडा आन्दोलनमा उत्रने चेतावनी दिनुभयो ।

यसका साथै यसअघि एमाले सरकारमा रहंदा पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको प्रसंगमा उहाले भन्नुभयो, त्यतिबेला पनि हामीले सरकारको विरोध गरेका थियौं र अहिले पनि कडा विरोधमा उत्रन्छौं । यसैबीच गत वर्षो माघ १९ अघि एमाले सरकारमा रहंदा बढाइएको पेट्रोलियमा पदार्थको मूल्यका विषयमा अनेरास्ववियु मौन रहेको थियो र तत्कालीन सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्नु सरकारको बाध्यता रहेको जनाएको विभिन्न संचार माध्यमहरुमा जनाइएको छ ।

Comments »

The URI to TrackBack this entry is: http://laliguras.blogsome.com/2006/02/20/oilprice/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.


लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons