जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति !

February 20, 2006

नेपालमा श्री ५ ज्ञानेन्द्रद्वारा हालै सम्पन्न नगर निर्वाचनमा प्रजातन्त्रको विजयी भएको हुकुम बक्स

२० फेब्रुवरी २००६(एजेन्सीहरु)- नेपालमा श्री ५ ज्ञानेन्द्रद्वाराबाट प्रजातन्त्र दिवसका अवसरमा सन्देश बक्सँदै हालै सम्पन्न नगर निर्वाचनमा प्रजातन्त्र विजयी भएको हुकुम बक्स भएको समाचार छ। त्यसैगरी समाचारहरुमा उल्लेख भए अनुसार,सन्देशमा प्रतिकूल बनाउन खोजिएको परिस्थितिमा पनि नेपाली जनताले देखाएको साहस प्रशंसनीय छ भन्दै जनताको दृढताले नै यो चुनावमा प्रजातन्त्र विजयी भएको उल्लेख छ। उक्त नगर निर्वाचनमा नेपालको इतिहासमा नै सबैभन्दा कम २१ प्रतिशत मत मात्र खसेको थियो भने आधाभन्दा बढी पदहरु उम्मेदवार नै नपाई खाली छन्। कतिपय स्थानमा अरु उम्मेदवार नभेटिएपछि निर्विरोध निर्वाचित घोषणा गरिएको थियो। श्री ५ बाट अवरुद्ध भएको प्रजातान्त्रिक प्रक्रियालाई सक्रिय तुल्याउन इच्छुक दलहरुलाई देशको बृहत् हितमा अगाडि आउन आव्हानसमेत गरिबक्सेको छ । प्रजातन्त्र दिवसका दिन बक्सिएको सन्देशमा सहमति र समझदारी बढाई शान्ति र प्रजातन्त्रलाई बलियो बनाउन आह्वान गरिबक्सँदै बाटोबिराएकाहरुलाई हत्या हिंसा र विध्वंसको कुबाटो छाडेर शान्ति र बहुदलीय प्रजातन्त्रको जनहितकारी बाटोमा आउन ढिला गर्न नहुने उल्लेख गरिएको छ। मौसूफबाट प्रजातन्त्र दिवस सबै प्रजातन्त्रवादीबीच सहमति र समझदारीको चरण प्रारम्भ गर्न उत्प्रेरित हुने आशा पनि व्यक्त गरिबक्सेको छ।
आज जारी सन्देशको पुरा विवरण:-
प्यारा देशवासीहरू, आज हामी ५६ औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाउँदै छौं । यस अवसरमा हाम्रा प्रातः स्मरणीय जिज्यू बुबाज्यू राष्ट्रपिता श्री ५ त्रिभुवन र प्रजातन्त्रका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सपूतहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं । प्रजातन्त्रको अभ्यासलाई सार्थक र दिगो बनाउन आफ्नो प्रतिनिधि आफ्नै इच्छाअनुसार छान्ने जनताको अधिकारको सम्मान र संरक्षण हुनै पर्दछ ।

हालै सम्पन्न नगरपालिकास्तरको चुनावमा मतपत्रको शक्तिमा नेपाली जनताको निष्ठा सावित भएको छ । प्रतिकूल बनाउन खोजिएको परिस्थितिमा पनि नेपाली जनताले देखाएको साहस प्रशंसनीय छ । जनताको दृढताले नै यो चुनावमा प्रजातन्त्र विजयी भएको हो । प्रजातन्त्रको यो सफलताले दिगो शान्ति र मतदानबाट सबै तहका निर्वाचित निकायहरू स्थापना गर्न नेपाली जनतालाई अझै प्रोत्साहित पारेको छ । देशको आवश्यकता र जनताको चाहना शान्ति र प्रजातन्त्र नै हो । यसका लागि बहुदलीय प्रजातन्त्रमा विश्वास गर्नेहरूको बलियो ऐक्यबद्धता देशले खोजेको छ ।

शान्ति र प्रजातन्त्रमा फेरि खलल पर्ने अवस्था आउन नदिने विधि तय गर्न र प्रबन्ध मिलाउन यस्तो ऐक्यबद्धता अब क्रियाशील भइहाल्नुपरेको छ । यसरी नै भविष्यमा पनि सबै तहका जनप्रतिनिधि निकायहरू निर्वाचनद्वारा सक्रिय तुल्याएर प्रजातन्त्रलाई जीवन्त बनाउन सकिन्छ । आम जनतासँग हाम्रो नियमित अन्तर्त्रिmया भइरहेकै छ । शान्ति र प्रजातन्त्रको हितमा सबै प्रजातन्त्रवादीहरूसँग संवाद गर्ने देशहितको मूल आधारमा अगाडिको बाटो तय गर्ने हाम्रो चाहना हो । यसैले अवरुद्ध भएको प्रजातान्त्रिक प्रक्रियालाई पूर्णरूपमा शीघ्र सक्रिय तुल्याउन इच्छुक दलहरूलाई देशको बृहत् हितमा अगाडि आउन हामी आह्वान गर्दछौं । अरूको कुरा सुनौं, आफ्नो कुरा सुनाऔं, मनोमालिन्य हटाऔं, सहमति बनाऔं, समझदारी बढाऔं र शान्ति तथा प्रजातन्त्रलाई बलियो पारौं ।
बाटो बिराएकाहरूले राष्ट्रवादको गौरवशाली परम्परालाई अनुसरण गरेर हत्या, हिंसा र विध्वंसको कुबाटो छोडेर शान्ति र बहुदलीय प्रजातन्त्रको जनहितकारी फराकिलो बाटोमा आउन अब ढिलो गर्नु हुँदैन । हामी नेपाली जनताको सर्वोत्तम हित र समुन्नतिका लागि संविधानको पालन र संरक्षण गर्न दृढ छौं । विधिको शासनमा मात्रै प्रजातन्त्र सुरक्षित रहन्छ र संविधान नै विधिको आधार हो भन्ने कुराको सबैले सधैं हेक्का राख्नुपर्छ । अन्त्यमा ५६औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा दिगो शान्ति र जनताको हितमा प्रजातन्त्रलाई क्रियाशील बनाउन सबै प्रजातन्त्रवादीहरूबीच सहमति र समझदारीको चरण प्रारम्भ गर्न हामी उत्प्रेरित होऔं ।
यस पुनीत कार्यमा प्रजातन्त्र स्थापनामा त्याग, तपस्या र बलिदान गर्ने र देशको आत्मसम्मानलाई नै सर्वोपरि राख्ने सपूतहरूले हामी सबैलाई प्रेरित गरून् । यही हाम्रो कामना छ । श्री पशुपतिनाथले हामी सबैको कल्याण गरून् । जय नेपाल ।

Comments »

The URI to TrackBack this entry is: http://laliguras.blogsome.com/2006/02/20/kingsays/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.


लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons