जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति !

February 1, 2006

“कालो दिन” - न्युरोड तनाबग्रस्त, दर्जनौ गिरफ्तार, सयौ घाईते

बल राम गिरी
काठमाण्डौ, माघ १९

आज राजाले शासन सत्ता आफ्नै हातमा लिएको एक बर्ष पुगेको दिन आन्दोलनरत सात राजनैतिक दलहरुले “कालो दिन”को रुपमा मनाउन बिशेष बिरोध कार्यक्रम गरीरहेका छन्। बसन्तपुरमा हुने बिशेष सभामा ने.का.का सभापति गिरीजा प्रसाद कोईराला लगायत सात दलका नेताहरुका बरिष्ट नेताहरुले सम्वोधन गर्ने कार्यक्रम छ। उक्त कार्यक्रममा सहभागी हुन बसन्तपुर जान लागेका जुलुसमाथी अहिले प्रहरीले निर्ममता पुर्बक लाठी चार्ज तथा व्यापक गिरफ्तारी गरी रहेको छ। (more…)

नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्तद्वारा माओवादी नेतृत्व प्रति कडा खेद प्रकट

फेब्रुवरी २००६(एजेन्सीहरु)-नेपालमा संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्तको कार्यालयद्वारा माओवादी नेतृत्वलाई चुनावी उम्मेदवारलगायत निशस्त्र सर्वसाधारणलाई उनीहरूको शारीरिक अखण्डता तथा जीवनप्रतिको अधिकारको उल्लङ्घन गरी हानि पुर्‍याउने कार्य पार्टीको नीतिविरुद्ध हुने कुरा आफ्ना कार्यकर्तालाई भन्न तथा सार्वजनिक रूपमा सो कुरा व्यक्त गर्न पुनः आहृवान गरेको समाचारमा छ। यसै बीच समाचारमा जनाइए अनुसार,उच्चायुक्तका प्रतिनिधि इयान मार्टिने भन्नुभएको छ “माघ ९ गते जनकपुरमा भएको विजयलाल दासको हत्याको भर्त्सना गर्न अनुरोध गरेयता माओवादी नेतृत्व मौन रहेकोमा म खेद प्रकट गर्दछु र यसै क्रममा यो मौनताले निशस्त्र व्यक्तिहरूविरुद्ध भौतिक कारबाही रोकिएको भन्ने पार्टी अध्यक्ष प्रचण्डद्वारा व्यक्त गरिएको वचनबद्धता तथा नगरनिर्वाचनका प्रत्याशी तथा अधिकारीहरूमा पनि यो लागू हुनेछ भनी मलाई दिएको आश्वासनमाथि प्रश्न उठाएको उल्लेख छ । (more…)

बिश्वभर रहेका नेपालीहरुले राजाले सक्रिय शासन सुरु गरेको दिन फेब्रुवरी १ मा संसारभर निरंकुशताको विरोधमा प्रदर्शन गर्ने

१ फेब्रुवरी २००६(एजेन्सीहरु)- बिश्वभर रहेका नेपालीहरुले राजाले सक्रिय शासन सुरु गरेको दिन बुधबार फेब्रुवरी १ (१९ माघ) मा संसारभर निरंकुशताको विरोधमा प्रदर्शन गर्ने भएका छन् र साथै लोकतन्त्रको पक्षमा कार्यरत विभिन्न संस्थाहरुको सक्रियतामा ती प्रदर्शनको तयारी गरिएको समाचारमा छ । त्यसैगरी समाचारमा उल्लेख भए अनुसार, बेल्जियममा रहेको नेपालीहरुले ब्रसेल्समा रहेको युरोपियन काउन्सिलको कार्यालयअगाडि प्रदर्शन गर्ने नेपाली जनप्रगतिशील मञ्चले जनाएको छ ।त्यस्तै मञ्चका अनुसार नेपालमा शान्ति बहाली, श्री ५ को प्रत्यक्ष शासनको अन्त्य, प्रेस स्वतन्त्रताको ग्यारेन्टी र मानव अधिकारको संरक्षणको माग गर्दै युनियनको कार्यालय अगाडि पर््रदशनको तयारी गरिएको हो ।यसका साथै प्रदर्शनमा युरोपियन सोलिड्यारिटी फर डेमोक्रेसी नामक संस्थाको समेत सहभागिता रहने छ । (more…)

पाल्पामा माओवादीको भिषण आक्रमण : २२ को मृत्यु , १५० प्रहरी बेपत्ता

बल राम गिरी
काठमाण्डौ, माघ १९
गए राती पाल्पाको सदरमुकाम तानसेनमा माओवादीले भिषण आक्रमण गरेका छन्। गत रात ११: ३० बजे उक्त आक्रमण सुरु भएको थियो भने १२: ३० बजे पाल्पा संचार सर्म्पर्क बिहिन हुन पुगेको थियो। करिब ४ हजार माओवादी लडाकुले उक्त आक्रमण गरेको बताइएको छ। आक्रमण एकै साथ जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, बैंकहरु, आर्मी ब्यारेक र कारागारमा भएको बताइएको छ। जि.प्र.कामा २७३ जनाको दरबन्दी थियो भने ब्यारेकमा १७५ जनाको दरबन्दी थियो। (more…)


लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons